Breaking

आइतबारबाट संसदको अवरोध हट्ने छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबारबाट संसदको अवरोध हट्ने बताउनुभएको छ । शनिबार स्व। रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका प्रधानमन्त्री दाहालले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताउनुभएको हो ।

उहाँले संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै आज पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले शनिबार साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आईतबार संसद सुसञ्चालन हुनेमा आशावादी रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले संसद अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि बताउनुभयो ।