Breaking

गगन सकेर सफल बन्ला कांग्रेस ? विश्वप्रकाश र प्रदीपको अबको भूमिका के ?सकिने बाटोमा शेखर


काठमाडौँ —प्रखर सुनिदै आएको कांग्रेस महामन्त्री गगन थापा केन्द्रीय समिति वैठकपछि मौन जस्तै छन । अर्थात मुद्धामा भन्दा आलोचनामा केन्द्रीत वैठक र सवैको प्रहारको केन्द्र बनेका उनी आफ्नो बाटो नै मुल मुद्धा बन्ने समयको प्रतिक्षामा देखिएका हुन । जसले कांग्रेसभित्र रुपान्तरण र पुस्तारणको मुद्दाबारेको बुझाई प्रष्ट हुदाँ के थापालाई कमजोर बनाएर पार्टीले काँचुली फेर्छ त ? पार्टीप्रति घट्दो क्रेज र नयाँको उदयले पुराना दलमा सच्चिने कि सक्किने मुद्दा प्रखर बन्दा नेपाली कांग्रेसका महामन्त्री गगन थापा चर्को सुनिन थालेका थिए । गत महाधिवेशनबाटै पुस्तान्तरण र रुपान्तरको मुद्धासहित अघि बढेका उनी आफ्नै साथिहरु नयाँ पार्टीमा जानुले अझ छटपटीमा थिए ।

त्यसका लागि नेतृत्वमाथि प्रश्न उठाएका उनले चुनाव अघि नै सुरु गरेको प्रधानमन्त्री बन्ने विज्ञापनलाई सार्थक तुल्याउने प्रयास गरे । त्यसका लागि आफ्नै गुटका नेता डा.शेखर कोईरालालाई फकाएर संसदीय दलको नेता लडेका उनी सफल हुन सकेनन् । त्यसले पार्टीका नेताहरुको मानसिकता पार्टी बनाउने भन्दा गुलामीकै स्तरमा रहेको बुझाईमा गगन पुग्दा स्वर्णिम वाग्लेले त दाई भाउजुको पेलान खप्न नसकेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टि नै रोजे । यहि रस्साकस्सीमा गगन उल्टै स्वर्णिमविरुद्ध चुनावी कमाण्डर बन्दा उनले कांग्रेसको ग्रासरुटको हालत अझ नजिकबाट नियालेका थिए ।

फलत ः अव अत्ति भयो भन्दै सहेर नबस्ने बताएका उनले केन्द्रीय समिति वैठकलाई आधार बनाउने बाटो समाते । तर यो विचमा गुटमा देखिएको खटपट,सभापति पाउने आशामा कोईरालाले नै देउवाप्रति देखाएको नरमपनाअनि केन्द्रीय सदस्य पाएपछि केहि नेतामा देखिएको व्यवहार परिवर्तनले गगन नै सकसमा थिए । यहि विचमा रुपान्तरणको अभियान भन्दै कोईरालाकै एक समुह देशव्यापी अभियानमा जाँदा महामन्त्रीद्धयको मन मिल्नुले भने केहि आशा गरिएको थियो ।

जसलाई माथ खुवाँउदै केन्द्रीय समिति वैठकमा अभियानको प्रतिवदेनलाई देउवाले वेवास्ता गरिदिए भने गगन गालीको तारो बने । अर्थात न त कोईराला न त अर्का महामन्त्री न त युवा भनिएका नेता कोहि पनि गगनको प्रतिरक्षामा नदेखिदाँ उनी एक्लो वृहस्पती बनेका हुन । अर्थात आफूलाई प्रश्न उठाएकैहरुमा एकरुपता नदेखिँदा देउवा फेरि मस्त भएका छन ।

बाहिर चर्को र नेतृत्वसामु अर्को रुपपछि आलोचनामा परेकाहरु अहिले आफूलाई सहि देखाउन लागि पर्दा पार्टीप्रतिको चिन्ता गगनको व्यक्तिगत स्वार्थका भएको भाष्य निर्माण गर्न संस्थापन पक्ष लागिपरेको छ । प्रत्यक्ष प्रशारणमा देखिएको दृश्यलाई छोप्न लागिपरेका रुपान्तरणकारीहरु समेत केन्द्रीय समिति वैठक बस्नु नै देउवा गलेको रुपमा अथ्र्याउन व्यस्त छन । तर केहि मिठो वचन वोलेर विपक्षीलाई फकाएका देउवाको वास्तविकता भातृसंगठन नेपाल विद्यार्थी संघमा सदस्य मनोनयले नै प्रष्ट पार्दा अर्को रुपमा विभागको गठनको तयारीमा समेत देखिएको छ ।

यद्यपी सुनिल शर्मा पक्राउ परेपछि कोईराला गगन एक भएर अघि बढ्ने सहमति भएपछि दवाव बढ्ने आशा गर्ने ठाँउ भने छ । तर उनीहरु बाहिर कति छन र भित्र कति वोल्न सक्छन र के गर्न सक्छन भन्ने राम्रोसंग तौलेर बसेका देउवालाई उनीहरुको शक्ति थाहा भएको तर्क गर्नेहरु पनि छन । यद्यपी राजनीतिक विश्लेषहरु भने गगनको मौनता एक्लिएको उपज नभएको बताँउदै आएका थिए । केहि समय देशबाहिर रहेका उनी बाहिर वोल्न भन्दा संसदीय दल वैठकमै वोल्ने रणनितिमा रहनुले नै यसको कारण भएको उनीहरुको तर्क थियो ।

तरसंसदीय दलको वैठकमा समेत सुन प्रकरणका वारेमा थोरै वोलेका उनी अहिले पनि आफ्नै मुद्धा मुल मुद्धा बन्नेमा समयकै प्रतिक्षामा रहेको प्रष्ट छ । जहाँ उनलाई आफ्नै गुटको साथ नभएको र उनको साईजमा ल्याएकोमा संस्थापन पक्ष खुसि देखिदाँ देउवासंगै भएका पछिल्ला कार्यक्रममा गगनले पार्टीको विषय नै नउठाउनुले समेत उनी बाध्यताले नरम भएको प्रष्ट छ । जहाँ नेता लोकेश ढकाल त रुपान्तरवालाहरुले वोकेको एजेण्डा नै सहि नभएको बताउँछन । गगन घेराबन्दीमा परेका विषयमा स्वभाविक भएको बताउने उनी नेतृत्व गर्ने चाहनेहरु कसैको निगाहमा नभई आफै वलियो बन्नुपर्ने तर्क गर्छन ।

अर्थात उनी विरुद्ध रहेकाहरुले नै पनि सभापतिलाई भन्दा पदाधिकारीमाथि नै प्रश्न उठाउने रणनिति अघि बढ्दा उनी एक्लो जस्तै बनेका छन । जसले परिवर्तन भनिएको एउटा आवाज मलिन बन्दा युवाको आशा बनेका गगनको यो अवस्था पार्टीकै लागि घातक छ । जहाँ उनलाई अघि सारेर पार्टी बनाउने भन्दा वार्गेनिङ गर्ने कोईराला पक्षको कदम समेत पार्टीकै लागि घातक देखिँदा अस्थित्व स्वीकार गर्न नमान्ने होस कि यसैमा खेलेर अघि जाने रणनिति होस दुवैले देउवालाई भने हाईसन्चो छ ।