Breaking

महराको तनावमा माओवादी, प्रचण्डको ‘ग्रिन सिग्नल’ पर्खँदै नारायणकाजी, कहिले पर्छन् पक्राउ ?


काठमाडौँ — भ्रष्टाचारविरुद्धको मुद्धामाहातहाल्दै, छोड्दै हिड्ने प्रचण्ड सरकारको प्रवृत्ति सुन काण्डमाछताछुल्लभएको छ । एकपछिअर्काे गर्दै भ्रष्टाचारको फाईल खोले पनिआफ्नानिकटकाव्यक्तिहरु मुछिदै गएपछिउनी सुशासनलाई रातो बत्ती देखाएर उम्कनखोजेका छन् । सुन काण्डमा महरा मुछिसकेपछिबाहिरी मञ्चमा कसैलाई नछोड्ने भने पनिमाओवादीपार्टी आफै भने महराको नामले मौनता साँधेर बसेको छ । सय किलो सुन प्रकरणको जालोखोतल्ने प्रयत्नहुँदै गर्दा विद्युतीय चुरोट भेपभित्रलुकाएर ल्याईएको ९ किलो सुनप्रकरणका कारणपनिराष्ट्रिय राजनीति तरंगित छ ।

पूर्व सभामुखसमेत रहेका नेकपामाओवादी केन्द्रकाउपाध्यक्ष कृष्णबहादुर महरा त्यही ९ किलो सुन प्रकरणमामुछिएपछिचर्चासँगै आलोचनाको पात्रबनिरहेका छन् । सुन तस्करीमाजोडिएकाचिनियाँनागरिक वाङबीचको सम्बन्धछताछुल्लभएपछि महरामाथिविभिन्नप्रश्न तेर्सिएकाछन् ।चिनियाँव्यापारी बताउने वाङसँगको साँठगाँठ, पटकपटक महराको फोन संवादले पनिउनीशंकाको घेरामा परिनै रहन्छन् ।

महरा आफैले पनिवाङसँग फलफुलव्यापारीको रुपमा सम्बन्ध रहेको स्वीकारेका छन् । तर, अचम्मको कुरा सुशासनको ढ्यांग्रो ठोग्दै तेस्रो पटकप्रधानमन्त्री बनेका पुष्पकमलदाहालप्रचण्डआफ्नै पार्टीको प्रभावशाली नेतामाथिअपराधमा सम्लग्नभएको आरोप लाग्दापार्टी भने मौन छ । सत्ताकै आडमा महरा बचाईरहेको आरोप माओवादीलाई लाग्नथालेको छ । पार्टीले आफ्नोबारे मुखखोल्नै नचाहेपछि महरा सार्वजनिकमञ्च र सञ्चार माध्यमको प्रयोग गर्दै आफूमाथिपूर्वाग्र साध्दै षड्यन्त्रगर्न खोजेको बताईरहेका छन् ।

कांग्रेसको संसदीयदलको बैठक र एमालेको सचिवालय बैठकमा यस विषयमाआवाजउठे पनिमाओवादीले मुखखोलिरहेको छैन । पार्टी नेतामाथिनिरन्तर प्रहार भईरहँदापनिमाओवादीले यस विषयमा बैठक राखेर छलफलगर्नसमेत सकेको छैन । केहीदिनअघि सम्पादकहरुको भेलामाप्रधानमन्त्रीले प्रश्नको जवाफदिँदै महराको विषयमा सीआईबीले छानविनगरिरहेको बताएर विषयात्नर गर्न खोजे ।

यदिमाओवादीलाई पुरानै विरासतफर्काउने हो भने सुशासनको जगमामात्रै सम्भव रहेको नेतृत्वबताईरहेको छ । तर, माओवादीको भनाई र गराईमा मेल खाएको छैन । महरा होस्वा अरु कोही सबैमाथिछानविनगर्दै दोषिठहरिए कारवाहीको दायरामाल्याई छोड्ने बताइरहेको माओवादीबोलीले ठीक्कपार्ने व्यवहारमाभने चुक्दै आएको छ ।

प्रचण्डले सार्वजनिकमञ्चबाटआफू नै दोषीभएपनि जेल जानतयार हुँदा महरालाई पक्राउगर्नु कुनै ठूलो कुरो नभएको अभिव्यक्तिदिएपनिबोलीमा नै सीमित छ । एकपछिअर्काे गर्दै भ्रष्टाचारको फाईल खोले पनिआफ्नानिकटकाव्यक्तिहरु मुछिदै गएपछिउनी सुशासनलाई रातो बत्ती देखाएर उम्कनखोजेको प्रतिपक्षीले आरोप लगाईरहेको छ ।

सुन काण्डमा महरा मुछिसकेपछिबाहिरी मञ्चमा कसैलाई नछोड्ने भने पनिमाओवादीपार्टी आफै भने मौनता साँधेर बसेको छ । पार्टीको प्रचारविभागबाट महरालाई अलग राखे पनिमाओवादीले सुशासनआफैबाट सुरु गर्नभने चुकेको देखिन्छ । लामो समयपछि बसेको केन्द्रीयकमिटीको बैठकमा नै प्रश्नउठ्दा पनिअध्यक्षको मौनता महराको जित जस्तो देखिएको छ । पछिल्लो समय प्रचण्डको सुशासनालाई महराको पटकपटकको विवादले जिस्काईरहेको छ भने सत्ताविरोधीहरुलाई प्रश्नउठाउने बलियो आधार पार्टी नेतृत्व गृहमन्त्रालयले नै दिएको छ ।

गृहमन्त्रीले फोन संवादकै आधारबाटपक्राउगर्न नमिल्ने बताईरहँदा र प्रधानमन्त्रीले भने सीआईबीले अनुसन्धानगरिरहेको छ भन्ने दुई दिशाकाअभिव्यक्तिले प्रचण्ड र नारायणकाजीश्रेष्ठको तालमेल नमिले जस्तै पार्टीका फ्रन्टलाइनर अध्यक्ष र उपाध्यक्षको तालमेलमा समेत चुकेको देखिन्छ ।