Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

कोशी प्रदेशका मुख्यमन्त्री उध्दव थापाले भदौ ४ गते विश्वासको मत लिने


काठमाडौँ — कोशी प्रदेशका मुख्यमन्त्री उध्दव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । उनले भदौ ३ गतेका लागि विश्वासको मत लिने समय निर्धारण गर्दै संसद् सचिवालयमा निवेदन दिए पनि उपसभामुख सिर्जना दनुवारले विश्वासको मत लिनका लागि ४ गते दिउँसो १ बजेका लागि तोकेको मुख्यमन्त्री थापाले बताए । थापाले आज अपरान्ह सचिवालयमा निवेदन दिएका हुन् । थापा गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रदेशसभा नियमावलीको १२८ को १ अनुसार मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव पेश गर्नका लागि सूचना दिएका थिए । सोही नियमावलीको ३ मा प्रदेश सचिवले सभामुख समक्ष सूचना पेश गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय तोक्ने व्यवस्था छ ।

मुख्यमन्त्री थापाले पेस गरेको निवेदनमा भनिएको छ, नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले धारा १६८ को उपधारा ४ बमोजिम कोशी प्रदेश सभाबाट बिश्वासको मत चाहेकोले मिति २०८०/०५/ ०३ गतेको कार्यसूचीमा समावेश गर्ने गरी प्रदेशसभा २०७४ पहिलो संशोधन सहित को नियम २ को उपनियम १ र २ बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्तावसम्बन्धी सूचना दिएको छु ।