Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

काठमाडौँका यी स्थानहरूमा भोली ८ घण्टा द्युत् अवरूद्ध हुने


काठमाडौँ – उपत्यकाकाका आठ स्थानमा शनिबार विद्युत् आपूर्ति अवरूद्ध हुने भएको छ ।

चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सब स्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौंका आठ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

बाफल, सिविल होम्स तथा अलकत्रा, इचंगुनारायण मन्दिर लगायतका क्षेत्रमा विद्युत् अवरूद्ध हुने छ । त्यस्तै ज्ञानोदय, गाई–बाच्छा पाटी, स्वयम्भू, सानो भर् यााङ, बारूदखाना क्षेत्र, बलम्बु, नैकाप लगायतका क्षेत्रमा विद्युत अवरूद्ध हुने छ।

प्राधिकरणका अनुसार सिर्जना चोक, गुर्जुधारा, हिल भिजन कोलोनी, पाटीचोक, गौतम गाउँ, हसनटार, कालीमाटी, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर लगायत स्थानमा विद्युत् अवरूद्ध हुने छ। प्राधिकरणले निर्धारित समयभित्रै काम सम्पन्न गरी सेवा सहज बनाउन प्रयत्न गर्ने जनाएको छ।