Breaking

एमाले अब ओली पथमा ?‘बा’ लाई ब्राण्ड बनाउने रणनीतिमा, ‘ओली बा’ का फोटो भित्ताभित्तामा


काठमाडौँ — पार्टीको घट्दो क्रेजका विच युवाहरुलाई अघि सार्ने रणनितिमा अघि बढेको एमाले कमजोर बनेको ओली बा ब्राण्डकै विज्ञापनमा लागेको छ । पार्टीभित्रैपनि नेतृत्वको विकल्पबारे गाईगुई चलेको,ओलीका रणनिति कमजोर भईरहेका वेला तल्लो तहमा व्यापक परिवर्तनमा अघि बढेको उसको यो कदम नै बढो गज्जबको देखिएको हो ।

खानेपानीको वोतलदेखि सार्वजनिक कार्यक्रममा बडेमानका ब्यानर आकृती राखेर चर्चाको भोक मेटाएका केपी शर्मा ओली एमालेभित्र अध्यक्ष मात्र नभई बा कै रुपमा चर्चित छन । उनलाई बा भन्ने विषयमै विभिन्न तर्क वितर्क र चर्चापरिचर्चा रहदाँ ओलीकै कारण प्रतिपक्षमा पुग्नुपरेको तथा निरन्तर ओरालो यात्रामा रहेको एमालेभित्र ओली बा ब्राण्ड नयाँ विज्ञापन सुरु भएको ।

एकातर्फ संगठन सुदृढिकरण गर्ने र तल्लो तहबाटै नेतृत्वमा व्यापक फेरवदल गर्ने लक्ष्यमा रहेको एमाले केन्द्रमा भने उल्टो बाटो हिडेको हो ।एकातर्फ उनको यहि शैलीका कारण पार्टीले घाटा व्यहोरिरहेको तर्क गर्नेहरु छन भने पार्टीका सांगठनिक संरचनामा पनि चुस्तदुरुस्त छैन । बरु त्यसका लागि थालिएका ग्रासरुट जस्ता अभियानले प्रतिफल दिन नसक्दा भीम रावल जस्ता नेताहरु समेटिन सकिरहेका छैनन् ।

यसमा समेत ओलीकै शैली प्रमुख कारण मानिदाँ न त सत्ता न सहयात्रीको हालतमा एमाले पुग्नुको दोष पनि नेतृत्वकर्ताको नाताले ओलीमाथि नै छ । फलत ः पार्टीभित्रै पनि तल्लोतहमा मात्र नभई शिरबाटै परिवर्तन हुनुपर्ने आवाज समेत उठ्न थालेको छ भने पार्टीका लागि छाती ठुलो पार्नुपर्ने बताउनेहरु पनि छन ।

त्यस्तै पार्टीप्रतिको क्रेज बढाउन एमालेले सबै कमिटीमा ४० वर्षमुनिका युवाहरूको सहभागिता बढाउन कोटा तोकेको छ । त्यस्तै जिल्ला कमिटीमा न्यूनतम १५ प्रतिशत,पालिका कमिटीमा न्यूनतम २० प्रतिशत र वडा तथा टोल कमिटीहरूमा कम्तीमा एक तिहाइ ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने रणनिति नै एमालेले अघि सारेको छ ।

तर पार्टी भित्र सर्वेसर्वा नै भएका ओलीलाई पार्टि सुदृढिकरणकै लागि देशव्यापी अभियानमा खटिएकाहरुले आफ्नै फोटो राखेकै विषयले त्रास पैदा गरिसकेको छ । आफूलाई पुन नेतृत्वमै उभ्याउन कहिले ७० बर्षे उमेर हद त कहिले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउने विषयलाई खारेज गर्दै आएका उनले कार्यक्रम छरितो बनाउने नाममा अर्को अश्त्र अघि सारेको हुन ।

त्यसैका लागि कार्यक्रमहरूमा भद्दा आसन ग्रहण नगराउन मातहतका कमिटीलाई ’सर्कुलर’ गरेर राम्रो काम गरेको जस्तो कदम एमालेले अघि सार्दा ओलीले पनि कसैको आसन ग्रहण आवश्यक नरहेको बताएका थिए । तर लगत्तै (एमाले) ले सार्वजनिक कार्यक्रम, मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्र फोटो राख्न परिपत्र गरेको छ।एमालेका कार्यक्रममा भद्दा आसन ग्रहण निषेध, फूलमाला र खादा निरूत्साहित गरिने,कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको उपमहासचिव विष्णु रिमालले बताएका छन ।

जसले ओली बा ब्राण्ड निर्माणमै पार्टी अघि बढेको प्रष्ट हुदाँ उनी निकटहरुले उनको विकल्पको कल्पना नै गर्न नसकिने बताँउदै आएका छन । ओली नेता वा राजनीतिज्ञ मात्र नभएर राजनेता,ईतिहासकार,दार्शनिक तथा संगितकार समेत रहेको बताँउने उनीहरु कम्युनिष्ट आन्दोलन नै ओली पथमा हिडेको ब्याख्या गर्दैै आएका छन ।

हुन त पार्टीको ब्रान्डिङ गर्ने भन्दा व्यक्तिकै ब्रान्डिङ गर्ने बाटो अंगालेकै कारण एमालेले अवको प्रधानमन्त्री ओली भन्ने चुनावी एजेण्डा नै बनाएको थियो । जहाँ यसअघिको सत्तारोहण समेत भारतविरोधी ओली ब्राण्ड नै रहेको एमाले नेताहरुको बुझाई छ । तर त्यहि ब्राण्डले ओलीमा देखिएको उन्मादले नै नेकपा फुट्ने मात्र नभई पूर्व एमालेकै एक टुक्रा टुटेको सत्यलाई समेत उनीहरुले पचाईरहेका छन । जहाँ प्रधानमन्त्रीमा ओली नै रणनितिमै फेल भएको उसका लागि उसमा देखिएको मजबुत पार्टीको हुटहुटि सकारात्मक भएपनि तल्लो तहमा मात्र परिवर्तन र माथिल्लो तहमा त्यहिपुरानो ब्राण्ड अर्को गलत निर्णय नहोला भन्न सकिन्न ।