देश

भ्रष्टाचारको निष्पक्ष छानबिन गर्ने तागत रासपामा मात्र छः रवि लामिछाने


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको निष्पक्ष छानबिन गर्ने तागत आफ्नो पार्टीसँग मात्र भएको दावी गरेका छन् । उनले रास्वपाले सरकारको नेतृत्व गरेको दिन औँलाले गन्न सकिने बाहेकका नेताहरू जेलको छिँडीमा सड्ने चेतावनी दिए ।

इलामको फिक्कल चोक बजारमा आयोजित पार्टीको खुला जनसभालाई सम्बोधन गर्दै उनले भने यदि रास्वपा सरकारको नेतृत्वमा पुग्यो भने देशको एयरपोर्टबाट भित्रिएका क्विन्टलका क्विन्टल सुन काण्ड, ललिता निवास प्रकरण जस्ता अनेक कान्डको छानबिन गर्नेछ र देशमा औँलामा गन्न सकिनेबाहेक नेता जेलको छिँडीमा सड्नेछन् । उनले २०८४ सालमा हुने आम निर्वाचनमा इलामका जनताले रास्वपाका उम्मेदवारलाई जिताएर परिवर्तनको घण्टी बजाउनुपर्ने बताए । जनजीविकाका पक्षमा काम गर्न आएकाले एकपटक अवसर दिएर परीक्षा लिनसमेत उनले आग्रह गरे ।