Breaking

लम्पीस्किन रोगबाट मरेका पशुको क्षतिपूर्ति दिन सक्दैनौंः कृषिमन्त्री भुसाल


काठमाडौँ —प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री डा. बेदुराम भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको क्षतिपूर्ति दिन नसकिने बताएका छन् । सरकारको तर्फबाट किसानहरुलाई राहत दिने गरी कार्यविधि बनिरहेको उनले बताए । किसानहरुलाई ठूलो क्षति भयो । क्षतिपूर्ति नै त गर्न सक्दैनौं होला ।

अरु अरु सन्दर्भमा पनि क्षतिपुूर्ति नै भनेर गर्न सकेका छैनौँ । राहत कमसेकम सरकारको तर्फबाट दिनुपर्छ भन्ने हिसावले प्रधानमन्त्री ज्युकै उपस्थितिमा बैठक बसेर आधार, मापदण्ड र कार्यविधि लगायतका प्रकृयालाई अगाडि बढाएका छौं,’ उनले भने, ‘कार्यविधि पास हुने बित्तिकै राहत दिन्छौं ।

लम्पीस्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएको र चैतदेखि हालसम्म ४७ हजार ६४९ पशु मरेको जानकारी दिँदै एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको बताए । तान्जानिया, टर्की र जोर्डनबाट लम्पीस्किनबिरुद्धको भ्याक्सिन आयात गरेको जानकारी दिँदै उनले अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आएको र ६ लाख ८६ हजार चार सय ५० पशुलाई भ्याक्सिन लगाइएको जानकारी दिए ।