Breaking

माओवादी सरकारमा गएपछि नागरिकसंगको सम्बन्ध टाढिँदै गयो: प्रधानमन्त्री


रामेछाप – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफ्नो पार्टी सरकारमा गएपछि नागरिक र पार्टीबीचको सम्बन्ध टाँढिदै गएको बताएका छन् । आज बिहीवार रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा आयोजित २० औँ दोरम्बा स्मृति दिवस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । हिजो हामी सामन्तवाद निरङ्कुशताविरुद्ध बन्दुक बोकेर लडाइँमा थियौँ ।

त्यस बेला माओवादी र नागरिकको सम्बन्ध पानी र माछाको जस्तै थियो, अहिले त्यो सम्बन्ध कायम छैन । विगतमा हामीले गरेका त्यस्तो सम्बन्ध केही अलमलिएकाले फेरि पुरानै बाटोमा ल्याउन नयाँ सङ्कल्पसहित लागिपरेको छौँ । शान्ति, सहकार्य र एकताको सन्देशसहित देशलाई नयाँ युगतिर लैजानु अहिलेको आवश्यकता हो । देशमा आमूल परिवर्तन ल्याऔँ भनेर सैद्धान्तिक रूपमा भने पनि व्यवहारमा र नागरिकको दैनिकीमा अझै परिवर्तन आउन नसकेकाले हामीहरू कहीँ न कहीँ अलमलिएको छौँ कि भन्ने लागेको छ उनको भनाई छ ।