Breaking

ओली गलाउन प्रचण्डका तीन अश्त्र,ग्रिनबन्धुबाट ओली सक्याउने प्रचण्डको रणनीति, राष्ट्रपति सक्रिय


काठमाडौँ — सानो आकार भएपनि मजबुत रणनितिका कारण सत्ताको नेतृत्वमा रहेका पुष्पकमल दाहाल प्रचण्ड फायलहरुको अश्त्रले बच्दै आएका छन । यहि अश्त्रले प्रतिपक्षी एक ठाँउमा उभिदा समेत अघि बढेका उनलाई अहिले फेरि संसद अवरोध अर्को खड्गो बनेको छ । आफ्नै नेताको नाम मुछिनु र सत्तापक्षीय सांसद नै एमालेसंग मिसिनुले यो पटक उनी हालयकालयल भएपनि संसद खुलाउन प्रचण्डले तीन अश्त्र अघि सारेका छन ।

विगतमा संसदमै माफि मागेर होस या कानुन बनाउन खोज्दा प्रतिपक्षीले अवरोध गर्यो भनेर होस संसदको अवरोध खुलाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फेरि एमाले गलाउने रणनितिमा लागेका छन ।आफ्नै नेताको समेत सुन प्रकरणमा नाम मुछिनु,ललिता निवास जग्गा प्रकरणमा सहकर्मीहरुमाथि डण्डा चलाउन बाध्य हुने अवस्था अदालतले सिर्जना गर्दा उनी अहिले केहि सकसमा छन । जहाँ सत्तारुढ सांसद शुलिल शर्मा नै पक्राउ गर्ने प्रत्युपादक कदम चाल्न र छानविन समिति गठन गर्नुको दह्रो कारण दिन नसक्नुले पनि उनीमाथि प्रतिपक्षीसामु झुक्नै पर्ने दवाव सिर्जना भईसकेको थियो ।

त्यस्तै गौर घटनाको छानविनका लागि सहमती गर्ने विषय उनकै लागि घातक बन्दा कांग्रेस सभापति शेरबहादुर देउवा फकाएर सत्तासंकटलाई टारेका उनी अव संसदको अवरोध हटाउन लागि परेका छन । यता कारण नै कारण देखेको एमाले पनि प्रचण्डलाई यो पटक झुक्न बाध्य पार्ने नै रणनितिमा देखिदाँ दुई पक्षको रस्साकस्सी समेत पेचिलो बन्दै गईरहेको छ । यो बुझेका प्रचण्डले अहिले राष्ट्रपतिलाई अघि सारेका छन ।

सभामुख र आफ्नो सक्रियताका वावजुत पनि एमाले अध्यक्ष केपी शर्मा ओली नगलेपछि पहिले फकाउने रणनिति लिएका उनले बुधबार ओली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ताको बाटो अंगालेका हुन । यसअघि गत साउन २५ गते प्रचण्ड शितलविनास पुगेर संसदको गतिरोध हटाउन राष्ट्रपतिले चासो राख्दिनुपर्ने बताएपछि राष्ट्रपतिले २६ गते नै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शितल निवासमै छलफल गरेका थिए ।

त्यसैको शिलशिला ओलीसँगको भेटमा समेत संसदको चासो राखेका उनले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका थिए । तर ओली त्यसका लागि खासै सकारात्मक नबन्दा अब सभामुखमाथिको महाअभियोगको अर्को अश्त्र पनि अघि सार्न खोज्दै छन् प्रधानमन्त्री प्रचण्ड । त्यसका लागि सार्वजनिक वृत्तमा अनौपचारिक वहस सिर्जना गरिसकेका उनले अप्रत्यक्ष रुपमा सभामुख माथि पनि दवाव बढाईरहेका छन ।

यता ओली पनि सत्ता पक्ष नै संसदको गतिरोध अन्त्यका लागि सकारात्मक नभएको भाष्य निर्माण गरिरहेका छन । भरसक नगल्ने बाटोमै रहेका उनले छानविन समिति गठनका लागि किन सकस भन्ने प्रश्नलाई सरकार नै तस्करीमा संलग्न रहेको आरोपसंग जोडिरहेका छन । तर सभामुख तर्साउदा पनि पार नलाग्ने देखेका प्रचण्डले अर्को अश्त्रका रुपमा गिरिबन्धु टि स्टेट समेत अघि सारेका छन । मंगलबार सम्पादकहरुसंग छलफल गरेका उनले ओलीको नाम नलिए पनि उनले ‘संसद विघटनको मानसिकता’ बाट बाहिर आउनु नसकेको भन्दै ओली जोडिएका विषयमा पनि छानबिन गर्ने संकेत गरेका थिए ।

ओली प्रधानमन्त्री हुँदा हदबन्दीभन्दा धेरै रहेको जग्गाको हकमा भन्दै कानुन नै ल्याएर झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको नाममा रहेको ३४२ बिघा १९ कट्ठा, १२ घुर जग्गामा चलखेल गर्न ल्याइएको आरोप लागिरहेको सन्दर्भमा यसलाई अश्त्र बनाउने उनको आशय थियो । तर तत्काल नभई विस्तारै अनुसन्धान गर्ने निकायले छानविन अघि बढाउने भनेर प्रचण्डले दवाव सिर्जना गर्दा एमाले नेताहरुले आफ्नो पार्टीलाई बद्नाम गराउने चलखेलको संज्ञा दिएका छन । यद्यपी छानविनका लागि कुनै रोकतोक नभएको बताउने उनीहरुले प्रतिसोध साध्न जवरजस्त पाकिस्तान मोडेलमा जान खोज्नु दुर्भाग्य भएको तर्क गरेका छन ।

यद्यपी प्रचण्डलाई पनि सत्तारुढ गठबन्धनले ललिता निवास जग्गा प्रकरणमा माधव–बाबुरामलाई र गौर हत्याकाण्डका विषयमा छानविन अघि नबढाउन गरेको निर्णय भारी नपर्ला भन्न सकिदैन । त्यसमा पनि कसैलाई वोल्दैमा हिरासतको यात्रा गराउँदा महरालाई फोन कुराकानी कै आधारमा पक्राउ गर्न नमिल्ने गृहमन्त्रीको वोली विपक्षीलाई अर्को प्रश्न गर्ने आधार बनेको छ ।

यद्यपी यसले एकले अर्कालाई दवावमा राख्ने गरि अघि बढेको राजनीतिक परिदृश्यमा तत्कालका लागि प्रचण्ड नै वलिया देखिएका छन । फलत ः उनको अश्त्रको दवाव नै एमालेका अघि दह्रो देखिने अवस्था हुदाँ शुसानकै आँडमै विभिन्न अश्त्र सहित अघि बढेका प्रचण्ड त्यसैमा प्रश्न उठे कति अघि जालान् त्यो चाँहि अर्को चर्चाको विषय बनेको छ ।