Breaking

ओलीलाई विद्याको डर, एमालेमा भीम रावलको आश, विष्णु र संकर खोज्दै छन् ओलीको विकल्प !


काठमाडौँ — संसदीय चुनावपछि प्रचण्डको प्रधानमन्त्री हठले सत्तारुढ दल बनेको एमाले प्रचण्डसँगै पौठेजोडी खेल्दा एकाएक सत्ता विमुख बन्न पुग्यो । देउवासँगको चुनावी गठबन्धनलाई धोका दिएर ओली क्याम्पमा प्रवेश गर्दै प्रधानमन्त्री हत्याएका प्रचण्डले छिनभरमै ओली त्यागेर पुरानै गठबन्धनमा फर्किए भने एमाले पूर्ण प्रतिपक्षमा थन्किए । प्रचण्डले धोका दिएपछि सदनको प्रतिपक्षमा पछारिएको एमाले अहिले एक्लो बर बनेको छ ।

प्रतिपक्ष कित्तामा रहेका रास्वपा राप्रपाले समेत साथ छोडेपछि राष्ट्रिय राजनीतिमै एमाले एक्लिएको छ । प्रतिपक्षमा थन्किए पनि सत्तारुढ बन्ने हुटहुटीमा एमालेले पटक पटक कांग्रेस सभापति शेरबहादुर देउवासँग हार गुहार नै गरे । सत्ता यात्राको अफर नै दिँदा समेत कांग्रेसले अस्वीकार गरेपछि हरेश खाँदै पार्टीको सांङगठनिक सुधार र पार्टी सृदृढिकरणको अभियानमा एमाले होमियो । तल्लो तहदेखि माथिल्लो तहसम्म अनेक नारा र अभियान सञ्चालन भई रहँदा पार्टी भित्र अनेक धुर्विकरणको संकेतहरु यत्रतत्र देखिएको छ । तथापी एमाले पार्टीको आकार बढाउन लागि परेको छ ।

माधव कुमार नेपालले एमाले फुटाएपछि पार्टी कमजोर विश्लेषण सहित एमालेको पहिलो जोड माधव कुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीमा गएका नेताहरु घर फर्काउने अभियान नै चलाईरहेका छन । अनेक आश्वासन दिँदै एकिकृत समाजादीका ३० भन्दा बढी नेताहरु एमालेमा भित्¥याई सकेका छन । पार्टीभित्र रहेका मणि थापा , केशव स्थापित जस्ता नेता एमाले छोडिरहँदा केदार न्यौपाने र छक्क बहादुर लामाहरुलाई पार्टीमा फकाईरहेका छन ।

प्रदेश अधिवेशनको चटारोमा लागेको एमाले युवाहरुको तान्ने ध्याउन्नमा मात्र छैन तत्कालिन नेकपा फुट्दा देखि चुनावमा अवसर नपाएकाहरुलाई समेत एमालेमा फर्काउन कोशिसमा अध्यक्ष ओली नै लागेका छन । एमाले अध्यक्ष ओलीको नेतृत्वमा दोस्रो कार्यकाल चलिरहेको छ ।

ओली पार्टीको आकार बढाउन लागि परेका छन । तर प्रचण्डसँग गठबन्धन नटिकाउनु पार्टीभित्र बहुपदिय प्रणाली भए पनि ओलीको एकलौटीपन मात्र होइन ओलीकै आचरणका कारण छिमेकी मुलुकसँगको सम्बन्धन अन्तराष्ट्रिय सम्बन्धमा समेत खलल पुगेको भन्दै पार्टीभित्र ओलीकै विकल्प खोज्ने जमात पनि छ । आवाज उठाउन सकेको छैन तर एमाले नेताहरुको मन मनमा ओलीको विकल्पको खोजीमा छन । एमालेभित्र ओलीको विकल्प पूर्व राष्ट्रपति समेत रहेका विद्यादेवी भण्डारीलाई नियाली रहेका छन । एमालेभित्र ओलीको विकल्प विद्या बन्ने डरले ओली अहिले नै अत्तालिन थालेका छन ।

२०७९ फागुन २८ मा शीतल निवासबाट बाहिरिएपछि भण्डारी निजी निवासमा दैनिक जसो एमाले नेता कार्यकर्तासँगको भेटमा व्यस्त छन् । सामाजिक र राजनीतिक भेटघाटमा सक्रिय पूर्व राष्ट्रपति भण्डारीले नेकपा एमालेको राजनीतिमा फर्कने संकेत नयाँ होइन । एमालेजन पनि भण्डारी सक्रिय राजनीतिमा फर्किनु पर्ने पक्षमा छ । संविधान र पार्टीको विधानले राष्ट्रपतिलाई नरोक्ने र राजनीतिक व्यक्तिको स्वइच्छामा निर्भर रहने भएर विद्या भण्डारीमाथी नैतिक प्रश्न बाहेक वा उनी नेतृत्वमा फर्किन चाहे लोकतान्त्रिक अभ्यासबाट पार्टीभित्र आउनु पर्ने एमाले नेताहरुको तर्क छ ।

विद्या भण्डारीको चर्चा एकातिर छ भने अर्कोतिर पाटीको दर्शौ महाधिवेशनमा अध्यक्ष बन्ने भीम रावलको आँट अपाच्य ठान्ने ओली उपाध्यक्ष विष्णु पौडेलको संयोजत्वको कमिटि मार्फत रावलसँग जोडिएका छन । भीम रवालको भ पनि सुन्न नचाएका ओली रावलसँग भेटवार्ता मात्र गरेन्न कस्तो जिम्मेवारी सहित पार्टीमा फर्काउन सकिन्छ भन्ने विषयमा समेत छलफल गरेका छन । चौतर्फि घराबन्दीको महशुस गरिरहेको ओली पटक पटकको अभियानबाट संगठनमा विरासत फर्काउन सकसमा छ । फलत बामदेव गौतम, भीम रावलजस्ता पुराना नेताप्रति ओलीको आशा पलाएको देखिन्छ । तर एमालेभित्र भीम रावलको व्यवस्थापन कसरी हुन्छ, चासोपूर्ण छ ।

सदनको दोस्रो दल राम्रो जनमत हुँदा हुँदै आफ्नै अहमताले प्रतिपक्षमा थन्किएको ओली एमालेलाई तन्काउन सबै प्रयास गरिरहेका छन । तर आफ्नो विकल्प सोच्न त सुन्न समेत सक्दैनन् । यस्तो अवस्थामा उनलाई नै टक्कर दिने नेताहरुको नजिकपनाले एमालेभित्र ओली गल्न थालेको त होइन भन्दा फरक नपर्ला ।