Breaking

नेविसंघको असन्तुष्ट पक्षले थाल्यो अनशन


काठमाडौँ — नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जम्बो तदर्थ समिति ल्याएपछि असन्तुष्ट पक्षले रिले अनशन शुरु गरेका छन् । विधान विपरित केन्द्रीय कमिटी विस्तार गरिएको भन्दै त्यसको खारेजी र नेविसंघको १२औँ महाधिवेशन सुनिश्चितता हुनुपर्ने लगायतका मागसहित असन्तुष्ट पक्षले अनसन शुरु गरेको हो ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले एक वर्षअघि शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका थिए । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो ।

तोकिएको समयावधिभित्र पनि शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने माग असन्तुष्ट पक्षको छ । नेविसंघका अध्यक्षले ल्याएको कमिटीको विरुद्ध असन्तुुष्ट पक्षले पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ज्ञापनपत्र समेत बुुझाइसकेका छन् ।