काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै भएको छ । सोमबार र मंगलबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सिआईबी, राजस्व अनुसन्धान र राष्ट्र बैंकका प्रतिनिधिसहित सुन गालेर जोख्दा १ क्विन्टल भनिएको सुन ६० किलो ७१६ ग्राम मात्रै भएको हो ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्रेक सुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको बताउनुभयो । उहाँले टक्सार महाशाखामा ल्याउँदा बरामद भएको सुनको तौल १५५ किलो ४६८ ग्राम भएकोमा ब्रेक शुु र कार्टुनहरु कच्चा पदार्थहरु छुट्याउँदा ६० किलो ७७९ ग्राम भएकोमा सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको बताउनुभयो ।


प्रतिक्रिया