Breaking

सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन म तयार छु: उपाध्यक्ष महरा


काठमाडोँ– माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताउनुभएको छ । दाङमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएरको भन्न विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताउनुभयो । पूर्व सभामुखसमेत रहनुभएकाउहाँले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताउनुभयो । महारले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको बताउँदै सञ्चार माध्यममा गलत प्रचार भएको गुनासो गर्नुभयो ।