Breaking

एमाले केन्द्रीय कमिटीबाट केशव स्थापित ‘आउट’


काठमाडौँ – एमाले नेता केशव स्थापित पार्टीको केन्द्रीय कमिटीबाट हटेका छन् ।

एमालेले स्थापित र सिरहाका प्रमोद यादवलाई केन्द्रीय सदस्यबाट बिदा गरेको हो । उनीहरू आफैँले पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउन नेतृत्वलाई आग्रह गरेकाले एमाले केन्द्रीय कमिटीबाट बिदा गरिएको स्रोतको दाबी छ । सोमबार बसेको एमालेको सचिवालय बैठकले उनीहरूको राजीनामा स्वीकृत गरेको बताइएको छ । यसैबीच उक्त बैठकले केदार न्यौपाने र छक्कबहादुर लामालाई भने पार्टीको केन्द्रीय सदस्य बनाएको छ । गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा हारेपछि स्थापित लगभग निस्क्रिय भएका थिए ।