Breaking

सुन प्रकरणले कांग्रेसमा भाँडभैलो, देउवाले प्रचण्ड बोक्दा रिसाए शेखर–गगन


काठमाडौँ — केन्द्रीय समिति वैठकपछि एक ढिक्का बनेको सन्देश प्रवाह गरेको नेपाली कांग्रेस सुन प्रकरणले फेरि पुरानै गुटगत अवस्थामा पुगेको छ । सांसद सुनिल शर्मा पक्राउ प्रकरणपछि शेखर– गगन एक ठाँउमा उभिदाँ उनीहरु उच्चस्तरीय छानविन समितिको पक्षमा उभिएका छन् । तर, संस्थापन पक्ष भने सिआईवीकै नेतृत्वमा अनुसन्धान गर्नुपर्ने भन्दै प्रधानमन्त्रीकै पक्षमा देखिन थालेको छ ।

एमालेको आवाज बन्दै गृह र अर्थमन्त्रीको राजिनामा माग्दै आएका कांग्रेस सांसद सुनिल शर्मा पक्राउपछि कांग्रेसमा धुव्रीकरण बढेको छ । शर्मा अहिले आफू वोलेकै कारण पक्राउ परेको भाष्य निर्माण गर्दै यो गठबन्धन नटिक्ने बताउन थालेका छन भने वालकोटमै पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ समिकरणको प्रयास थाल्न सुझाव दिईसकेका छन । यसअघिबाटै गठबन्धनको विरोध गर्दै आएको डा.शेखर कोईराला पक्षका नेता उनको आक्रोशको पारो अझै बढ्दा यहि प्रयास यसअघि पनि भएको थियो । तर सभापति शेरबहादुर देउवाको मौनताले त्यसले मुर्त रुप लिएन भने केन्द्रीय समिति वैठकले त कांग्रेसभित्रको माहोल नै परिर्वतन गरिदियो ।

जहाँ डा.शेखर कोईराला समेत देउवाप्रति नरम देखिदाँ पुस्तान्तरण र रुपान्तरणको मुद्धा केवल गगन थापाकै मात्र ईच्छा भएको भएजसरी उनी निकट नेताहरु प्रस्तुत भएका थिए । जसले गगन आफ्नै मुद्धा र गुटमा एक्लिएको अवस्था देखिदाँ उनी त्यसपछि मौन नै रहँदै आएका थिए । तर देउवा गुटकै नेता अर्थमन्त्री विरुद्ध आगो ओकल्दै आएका शर्मा पक्राउ परेकै दिन साउन २५ गते कोइराला र महामन्त्री गगन थापाबीच भेट भएको थियो ।

देउवा गुटको दवाव बढ्न थालेको निष्कर्ष सहित वान टु वान भेट गरेका उनीहरुले १५औं महाधिवेशनका लागि एक भएर अघि बढ्यौं भन्ने सन्देश आफ्नो पंक्तिमा दिने सहमति गरेका थिए । यहिविचमा बसेको संसदीय दलको वैठक शर्माकोबारे निर्णय गर्न नसकेपनि कोईराला पक्षले आवाज उठाउन थालेको थियो । त्यसैको उपज हिरासत मुक्त हुदाँ समेत बरु केपी ओलीको गुण गाएका शर्माले देउवा सम्झिएनन् । जसले कांग्रेसभित्रको गुटको रेखाको प्रभाव प्रष्ट हुदाँ शर्मामाथि सरकारले प्रतिसोध साधिरहेको बताँउने कोईराला उच्चस्तरीय छानविन समितिको पक्षमा छन ।

अझ संसदीय दलको निर्वाचनका वेला यहि गुट तिर देखिएका प्रदीप पौडेलले समेत समितिको माग गर्दा गगन थापाले पनि माओवादी नेता कृष्णबहादुर महरा छानविनमा नतानिएको प्रश्न उठाएका छन । जहाँ शर्माले सोमबार पनि सदनमै अर्थ र गृहमन्त्रीको राजिनामा मागेका छन ।

काग्रेसभित्र अहिले संसदीय दलको चुनावकै अवस्थाको धुव्रीकरण देखिदाँ कोईराला तिर उभिएकाहरु छानविन समिति बताउन सरकारले आनाकानी गरेको ओलीकै भाषा वोलिरहेका छन । फलत ः समर्थनका विषयमा समेत पुर्नविचार गर्न वेला आएको बताँउने उनीरु सिआईवीले यो प्रकरणलाई छिछोल्न नसक्ने तर्क गरिरहेका छन । हुन त संस्थापन पक्षका वालकृष्ण खाँणका समर्थकहरु समेत गृहमन्त्रीसंग रुष्ट छन ।

तर देउवाको मौनताका अघि चुई गर्न नसक्ने उनीहरु पनि अर्को खम्बा पूर्ववहादुर खड्का र डा.प्रकाशरण महतको पेलानमा छन । अर्थात सांसदहरूले सुनलगायत चर्चित काण्ड छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने पक्षमा उभिन नेतृत्वलाई दवाव दिए पनि नेपाली कांग्रेस संसदीय दल बैठकले राज्यकै निकायबाट यस्ता प्रकरण छानबिन हुने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा नै आयात नखुल्दा तस्करी बढेको भन्दै सुनमा कर लगाएर आयात खोल्नुपर्ने तर्क गरेर नरम सुनिदाँ अरुको चर्को वोली निर्णयमा समेटिन नसकेको हो । जहाँ वर्तमान सत्ता गठबन्धन कांग्रेसको प्रयास र प्रयत्नमा बनेको उल्लेख गर्दै गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रूपमा काम गर्ने निर्णय गरेको समेत वैठकले गरेको छ ।

कांग्रेसमा सुन तस्करी छानबिनका विषयमा देखिएको मत भिन्नताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वलियो देखिएका छन भने नयाँ समिकरण र छानविन समितिका विषयमा लचक हुने दुवै सम्भावना पर पुगेको छ । जसले शर्माको मनको आगोआक्रोशमै सकिने प्रष्ट हुदाँ उनको पक्राउ पनि गृह भन्दा अर्थमन्त्रीमाथिको आक्षेपका कारण भएको प्रष्टिन थालेको छ ।जसले स्वार्थमा एक हुने र स्वार्थकै लागि गुट नै छिन्नभिन्न हुने काग्रेस नेताहरुको चरित्र समेत उदाङ्गो भएको छ ।