Breaking

एक क्विन्टल भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै तौल


काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिरबाट बरामद भएको अवैध १०० किलो सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पगालिएको छ । गत साउनमा २ गते उक्त सुन काठमाडौंको सिनमंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

राजस्व अनुसन्धान विभागले सुन जोख्ने प्रकृयाको लागि आग्रह गरेपछि आज सुन पगालिएको र जोखेको थियो । राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ ।