Breaking

सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ


काठमाडौँ — नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन् । बैंकका विभिन्न बैंकका कार्यरत कर्मचारीलाई नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा मनिषा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमन्दा गौतम र दीपक विष्ट रहेका छन् ।