Breaking

सदन हाइज्याक भयोः सांसद लामिछाने


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले संसद्‍ हाइज्याक भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाले सभामुख देवराज घिमिरेले बोल्नका लागि समय नदिएपछि सदन हाइज्याक भएको बताएको हो ।

सभापति लामिछानेले भने, संसद हाइज्याक भयो । एमालेले संसदमा नाराबाजी गरेपछि लामिछानेले आक्रोष व्यक्त गरेका हुन् । सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको उनको भनाइ थियो । एमालेको विरोधसँगै सोमबारको बैठक पनि स्थगित भएको छ ।