Breaking

कर तिरेर नेपालमा सुन आयात गर्न दिनुपर्छ: सभापति देउवा


काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर तिरेर नेपालमा सुन आयात गर्न दिनुपर्ने बताएका छन् । सोमबार कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै देउवाले सुन तस्करी नियन्त्रणका लागि कर तिरेर सुन ल्याउन पाउने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

सांसद प्रदीप पौडेलका अनुसार बैठकमा सभापति देउवाले अध्यागमन खुल्ला गरेर कर लगाएर कानुनी रुपमा सुन ल्याउन दिनुपर्ने बताएका थिए । ‘सभापतिज्यूले यस्तो तस्करी रोक्नको लागि अध्यागमन खुलाएर कर लगाएर सुन ल्याउन दिनुपर्छ भन्ने कुरा बैठकमा राख्नुभयो’,उनले भने । देउवाले कर तिरेर जति पनि सुन ल्याउन दिएमा तस्करी नियन्त्रण हुने बताए ।