Breaking

माओवादी केन्द्रले प्रदेश समन्वय समिति विघटन गर्ने


काठमाडौँ — नेकपा माओवादी केन्द्रले प्रदेश समन्वय समिति विघटन गर्ने निर्णय गरेका छन् । साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रदेश समन्वय समिति विघटन गर्ने निर्णय गरेको हो ।

माओवादीका एक नेताका अनुसार विगतमा गठन गरिएको केन्द्रीय प्रदेश समन्वय समिति विघटन गरिएको जानकारी सहितको सर्कुलर मातहतका कमिटीमा पठाइएको छ । यस्तै प्रदेश इञ्चार्जहरुलाई अन्तर प्रदेश परिवर्तन गरिएको उनको भनाइ छ ।

स्थायी समिति सदस्य तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्दा एउटै प्रदेशभित्र अन्तर जिल्ला परिवर्तन गरिने व्यवस्था समेत गरिएको छ ।