Breaking

सुन प्रकरणमा महरामाथि छानबिन गर्नुपर्छ: गगन थापा


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुन प्रकरणमा नेकपा माअ‍ोवादी केन्द्रका नेतामाथि छानबिन गर्नुपर्ने बताएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा महामन्त्री थापाले एक क्विन्टल सुन प्रकरणमा नाम जोडिएका माअ‍ोवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरामाथि छानविन गर्नुपर्ने बताएका हुन् ।

सुन तस्करीमा महराको बाबुछोराको संलग्नता भएको कुरा निरन्तर आइरहेको छ । सिआइबीले समेत आफ्नो प्रतिवेदनमा उल्लेख गरिसकेको अवस्थामा छानविन गर्ने आँटसमेत गरेको छैन, उनले भने । माओवादी केन्द्रका नेताहरूले पार्टीको बैठकबाट प्रष्ट पारिरहेको बताउँदै सिआइबीबाट छानबिन गर्नुपर्ने महामन्त्री थापाले बताए ।