Breaking

कांग्रेस संसदीय दलको बैठक आज सकिँदै


काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार सम्पन्न हुँदै छ । गत शुक्रबार सुरू भएको बैठक सोमबार सकिन लागेको हो ।

बिहान ११ बजे सुरू हुने बैठक समसामयिक राजनीतिक विषयमा महत्त्वपूर्ण निर्णय गर्दै सकिने पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

संघीय संसद् भवन ल्होत्से हल बानेश्वरमा बस्ने बैठकमा बाँकी सांसदहरूले धारणा राख्ने छन् । बैठकमा आइतबारसम्म बोल्ने सांसदले सरकारका कामकारबाही, सुन तस्करीलगायत राजनीतिक घटनाक्रमका बारेमा धारणा राखेका थिए ।

उनीहरूले डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार र पशुपक्षीमा लाग्ने लम्की रोगको उपचारबारेमा पनि धारणाा राखेका थिए ।