Breaking

ललितानिवास प्रकरणमा निर्दोष छु : माधव नेपाल


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन् ।

युरोप भ्रमणबाट फर्केका नेता नेपालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका हुन् ।

‘मेरो पालामा यो जटिलता,अप्ठेरो र झमेला वाला जग्गा भनेर कसैले भनेको’, नेपालले भने । उनले सरकारको जग्गा नेपालले लिने अरूको जग्गा अरूले लिने भनेपछि सही ढंगले छानविन हुने बताए। नेता नेपालले निर्दोष नफसोस् दोषि नउम्कियोस् भन्ने आफ्नो धारणा रहेको बताए ।