काठमाडौँ – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २६ साउनमा अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर पक्राउ गरेका अर्का एक डाक्टर शैक्षिक प्रमाणपत्रमा कैफियत नदेखिएपछि छुटेका छन् ।
नक्कली शैक्षिक प्रमाण पत्र भएको भन्दै पक्राउ परेका पिपरा गाउँपालिका–८, महोत्तरीका रञ्जिनकुमार यादवको प्रमाण पत्रमा कैफियत नभएको पाइएपछि थुनामुक्त गरिएका हुन् ।
कांग्रेस सांसद सुनिल शर्मासहितका डाक्टरहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो । जिल्ला अदालत, काठमाडौँले उनलाई हिरासतमा राख्न अनुमति दिएन । अरूलाई भने हिरासतमा राख्न अनुमति दिएको थियो ।
यादव छुटेसँगै प्रकरणमा अब ६ जना सीआईबी हिरासतमा छन् ।
प्रतिक्रिया