काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको भ्रष्टचार विरोधी अभियान, स्वयं प्रधानमन्त्री प्रचण्डलाई नै सघाईरहेको सत्तारुढ दल नेपाली कांग्रेसलाई भारी परिरहेको छ । प्रचण्ड सरकारले खोलेका भ्रष्टचारका काण्डहरुमा कांग्रेसका प्रभावशाली नेताहरु डामिने क्रम जारी छ । फलत कांग्रेस आन्तरिक कलहमा मात्र छैन कि जुन काण्ड आएपनि कांग्रेसनै मुछिन थालेपछि कांग्रेस जनमा नेताको भन्दा पनि नेताले दिन सन्देशको चिन्ता बढ्दो छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका बालकृष्ण खाँण प्रहरी हिरासतमा छन् । खाँण पत्नी मञ्जु र सभापति देउवा पत्नी आरजु राणा देउवा पनि यस प्रकरणमा सुरुदेखिनै विवादीत छन् ।ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री समेत रहेका कांग्रेस नेता विजयकुमार गच्छदारविरुद्ध पक्राउ पूर्जी नै जारी भएको छ । कांग्रेसका पूर्व सांसद अफताव आलम जिउदै इटाभट्टामा मान्छे जलाएको आरोपमा थुनामा छन् ।
जसको बदनाम छविका कारण काग्रेसले निर्वाचनामा पराजय भोग्नु प¥यो । यता आफ्नै मन्त्री र सरकारको विरोध गर्दै केपी ओलीको शरण पदैै राष्ट्रनायक देख्ने सुनिल शर्मा पनि कांग्रेका लागि लगाम विनाको घोडा जस्तै भएकाछन् । यध्यपी उनकै पक्षमा गगन शेखर देखि आरजुसम्म बचाउँमा उत्रिएकोले काग्रेस कार्यकर्ता रुष्टछन् । बालकृष्ण देखि गच्छदार सम्म आईपुगदा मौ्नता साँधेका सभापति देउवा बोलेर आलोचित हुनु र जनता र कार्यकतार्मा गलत सन्देश जानु भन्दा चुप बस्दै बेस हुने लाईनमाछन् । देउवाका खास मानिएका पार्टी प्रवक्ता तथा अर्थमन्त्री डाक्टर प्रकाश शरण महत भने पार्टीको नेता कार्याकर्ता भएपछि अनुसासनमा रहनुपर्ने तर्क गर्छन् ।
संसदीय निर्वाचनमार्फत सदनको पहिलो शक्तिको रुपमा उदाएको वर्ष दिन नवित्दै कांग्रेसका नेताहरु अहिले खोलिएका सबै प्रकरणमा जोडिने गरेका छन् । तर, जुन नेताहरुको साईनो जोडिँदा पनि गुटउपगुटको राजनीतिले ग्रस्त कांग्रेसभित्र आफ्नै पार्टीको भएकै नाताले काखी च्याप्ने बानी छैन । एउटा गुटको नेता भ्रष्टाचार काण्डमा मुछिँदा अर्को गुटको नेताले ठिक्क पर्यो भन्दै खुच्चिङ बजाउने अवस्था छ कांग्रेसभित्र ।
नेताहरु पार्टीको आधिकारीक धारणभन्दा आरोपीतिहरुको पक्ष र विपक्षमा कित्ताकाट भईरहेका छन् । पहिलो पार्टीको हैसियतमा सरकारमा ठूलो हिस्सा ओगटेको कांग्रेस जनजीविकाका विषयमा बेखर भईरहेको र मन्त्री बनेकाहरु पनि गुमनाम जस्तो बनिरहेका बेला काग्रेसकै नेता भ्रष्टचारमा संलग्न हुनु र नेतृत्व बचाउँमा लाग्दा पार्टीको इतिहास र विरासतलाई पनि गिज्याईरहेको छ । जसका कारण संगठन सुधारको अभियान चलाईरहेको कांग्रेसले नत कार्याकर्तामा आस जगाउन सकेको छ , न जनतामै ।


प्रतिक्रिया