Breaking

हल्लाखोर डा.सुनिल,ओलीकहाँ बास, आतंककारी नारायणकाजी, सुरेन्द्र र दुर्गा प्रसाईको आश, देउवाको जयजयकार


काठमाडौँ — सुनमा चर्किएपछि चर्चामा आएका कांग्रेस सांसद सुनिल शर्मा, हिरासतमा पुगेपछि थप चर्चित बने, शैक्षिक प्रमाणपत्र किर्ते आरोपमा पक्राउ परेर छुटेका उनले एमाले अध्यक्ष ओलीलाई राष्ट्रनायक भन्दै पुकारेपछि संचारमाध्यम झनै बढि छाए , तर प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारीको संज्ञा दिएपछि उनको आलोचना बढेको छ ।नेपालीमा एउटा उखान छ, दर्शकवृन्द । जो चोर उसैको ठूलो स्वर, सुन्दा अलि तितो लाग्ला तर यर्थाथमा आज भोलि यस्तै देखिन्छ । नपढेका विद्धान कहलिन्छन्। ढोगिलाई सादुको रुपमा पुकारी रिन्छ ।

सत्य ओकल्ने छिन मिनेट टिक्दैनन् झुटलाई सत्य देखाएर भ्रम छर्न सक्नेको वाहवाही हुन्छ । उदाहरणका लागि माननीय भएर पनी बोलीको ठेगान नभएका कांग्रेस सांसद शुनिल शर्मा । यी माननीयको विवादको किस्सा लामै छ । तर नक्कली प्रमाणपत्र किर्ते प्रकरणमा एक दिन पक्राउ परेर छुटेपछि यीनले दिएको अभिव्यक्ति र हाउभाउ अहिले चर्चामा छ । सायद सुनिल शर्माले बोल्नेको पिठो बिक्छ भन्ने राम्रोसंग बुझको हुनुपर्छ तर पिठो बिक्छ भन्दैमा लगामन बिनाको घोडा हुने छुट यीनलाई छैन । हिरासतमा पर्दा एमालेले सदन अवरुद्ध गर्दिएको गुन तिर्न ओलीलाई राष्ट्र नायक देखि पिता भन्दै पुकारेका यीनले अहिले प्रधानमन्त्री र गृहमन्त्रीलाई हाक्काहाकी आतंककारी भन्दै राजीनामा मागि हिडेकाछन् ।

यीनले उमेरको हिसावले ओलीलाई पिता सम्मान मान्नु र उनको दैलोमा पुग्नु नौलो कुरा भएन तर ओली निवास बालकोटमै पुगेर अब क्रमैसंग प्रधामन्त्री राष्ट्र नायक ओलीलाई, आफ्ना पार्टी सभापति शेरवहादुर देउवालाई, शेखर कोइरालालाई, गगन थापालाई भनेर बरबराउदा उनको बोलीले कांग्रेसका शिर्षनेताहरुलाई गिज्याईरहेको थियो । लाग्छ प्रधानमन्त्री पद उनले खल्तीमा बोकेर हिडेका छन् अनि उनले चाहेको व्यक्तिलाई मन लागेको बेला थपक थपक बाडिदिने वाला छन् ।

सुनिल शर्माको पक्राउलाई एमालेले सुन काण्डमा बोलेकै आधारमा प्रतिसोध साँधिएको भास्य निर्माण गरेर पक्राउ गरेको भन्दै शर्माको पक्षमा उभियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सार्वजनिक कार्यक्रममा सुनिलको नाम उचारण गरेरै प्रतिसोध साँधेको भन्न भ्याए । सुनिल शर्माको जाली सर्टिफिकेट हो भन्ने थाहा भएको भए पहिले नै किन कारवाही नगरेको ? किन चुनावमा उम्मेदवार बनाएको ? होइन भने दुई दिन सरकारको विरोध गरेकै भरमा किन समातेको भनेर बचाउँ गरे ।

उनको पक्षमा र बचाउँमा एमाले उभिएकाले सुनिल एमालेकै आडमा हौसिएका हुन भन्ने लख काट्न मुस्किल छैन् । सुरेन्द्रकेसीको पाउचरण गरेर ओली भेट्न पुगका सुनिलको गतिविधी कांग्रेस नेताहरुले नजिकबाट नियालीरहेकाछन् । प्रतिपक्ष दलको नेताको बुई चढेर आफ्नालाई गाली गर्दै हिड्ने शर्माको बोली पार्टी अनुसासन विपरित भएको कांग्रेको ठहर छ ।

नेपाली सुनिल शर्माको हाउभाउले लाग्छ उनि कुनै जंग जितेर फर्किएकाछन् तर उनले बुझनु पर्ने कुरा सफाई पाएका हैनन्। उनलाई अदालतले साधारण तारेखमा रिहा गरेको छ । उनको मुद्धा टुङिगएको छैन । अहिले पनि बोलाएको बेलामा हाजिर हुन पुग्नुपर्छ। हिरासतबाट मुक्तभएपछि ढाडस दिदै हिडेका शर्माले पार्टी सभापति लाई प्रधानमन्त्री बनाउँछु भन्दा के विगारे भन्दै उल्टै प्रतिप्रश्न गरेकाछन् । ससदमा पञ्चायतका शैलीमा पटक पटक माग गर्दा बोल्न नदिएको भन्दै शर्माले अब पनि त्यही गतिविधि कायम रहे विद्रोह गर्ने चेतावनी दिएकाछन् ।

उनले पार्टीले गृहमन्त्रीलाई हटाउने कुरामा पार्टी तयार नभएर आफ्नो आवाज थप चर्काउने बताएकाछन्। शर्माले पार्टी र सदनमा पनि बोलेर पेलेरै जाने लाईनमा छन् । यता उनको रिहाईलाई कानुनका जानकारहरुले सानालाई एैन ठुलालाई चैनको रुपमा अथ्र्याएकाछन् । एउटै कसुरमा अन्य आरोपी सिआईबीको हिरासतमा हुँदा माननीय भएकै भरमा पहुँचका आधारमा उन्मुक्ति पाउनु दुर्भाग्य हो ।

विवादको चांगमा बसेर सुद्धिकरण खोजेका सुनिल शर्मा साच्चै सचिएका हुन् भने सादुबाद हैन, आफु जोगिन गृह र अर्थमन्त्रीलाई उछिट्याउने लाईनमा हुन भने यीनको विरोधी राजनीतिक अभिष्ट अपुरै हुन सक्छ । किन भने यीनले जति जिब्रो फड्कारे पनि सरकार ढाल्ने र बनाउने चाँबी पार्टी सभापति देउवाको हातमा छ । देउवाको मौनताले पनि यीनको सपनामा पानी छ्यापीने लगभग पक्कापकी जस्तै छ ।