Breaking

प्रचण्डको सत्ता खोस्ने दाउमा ओली, देउवाको साथमा हौसीए नारायणकाजी, निशानामा को–को ?


काठमाडौँ — सरकारको नेतृत्व गरेको सात महिना नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ घेराबन्दीमा परेका छन् । संसदीय अंकगणितमा तेस्रो स्थानमा रहे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेस्रो कार्यकाल सरकारको नेतृत्व गर्न पुगे । तर, प्रचण्ड सरकारको भविश्यमाथि विभिन्न कोणबाट प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्रीको तेस्रो कार्यकालको सपथ लिँदै गर्दा देश र जनताको लागि केही गर्ने उद्घोष गरेका पुष्पकमल दाहाल प्रचण्डलाई सात महिना नबित्दै थाल खाउ की भात खाऊको स्थिति बनेको छ ।

नक्कली शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण लगायतका प्रकरणमा जनताको साथ पाएको प्रचण्ड सरकारका लागि सांसद सुनिल शर्मा पक्राउ प्रकरणले ब्याक फायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेका सांसद शर्मा अदालतको आदेशमा रिहा भए । अब उनले जेल बाहिरबाटै मुद्धा लड्न पाउने छन् । शर्मा पक्राउ प्रकरणबारे उनको दल कांग्रेसभन्दा विपक्षी दल एमाले बढी आक्रामण बनेको छ । एमालेले प्रचण्ड सरकारले पाकिस्तानी मोडलमा प्रतिशोधको राजधानी सुरु गरेको आरोपामात्र लगाएका छैनन् कि आफुहरु सत्ताका लागि मरिहत्ते नगरेको तर यो सरकारले अत्याचार गर्न थालेको भन्दै आपत्ति जनाएर गृहमन्त्रीको राजीनामा नै अन्तिम विकल्प भएको दाबी गरे ।

एमालेले सरकारले अरु नेतालाई पनि फसाउने भन्दै कांग्रेसलाई समेत सचेत गराएको छ । सत्ता समिकरण फेर्नेसम्मको रणनीतिमा एमाले छ । तर, गत पुस १० गतेको धोकाबाट एमालेलाई विश्वास गरिहाल्ने स्थितिमा कांग्रेस देखिदैन । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेदेखि नै नयाँ सत्ता समिकरणको चर्चा चुलिएको थियो । विभिन्न काण्डमा राजनीतिक दलका नेताको संलग्नता र गृहमन्त्री नारायणकाजी श्रेष्ठको सक्रियताले शंशय पैदा गरेको छ ।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईसमेत छानबिनको दायरामा आएपछि अन्य पूर्वप्रधानमन्त्रीहरूमाथि पनि जुनसुकै बेला अनुसन्धानको बाटो खुलेको छ । पहिलो कार्यकाल आवेशमा आएर प्रचण्डले सत्ता छाडेका थिए । दोस्रो, कार्यकाल उनी आफैँको लागि पनि विर्सन लायत बन्यो । तेस्रो कार्यकालमा भने प्रचण्डले नेपाली राजनीतिमा तरंग नै ल्याइदिएका छन् । पहिलो र दोस्रो कार्यकालबाट पाठ सिकेर पनि हुन सक्छ । उनी, जसरी हुन्छ सत्तालाई जोगाएर जाने मनस्थितिमा छन् ।

त्रिशंकु संसदमा तेस्रो शक्ति निर्णायक हुँदै आएको छ । यसअघि तेस्रो दल हुँदा एमालेबाट दुईजना प्रधानमन्त्री बनेका थिए । अहिले पनि तेस्रो दल माओवादीको नेतृत्वमा सरकार छ । तर, प्रचण्ड सरकारमाथि चारैतिरबाट प्रश्न तेर्सिरहेको छ । उनकै सहयात्री र पूर्वसहयात्रीले समेत खुला चुनौती दिन थालेका छन् ।

प्रचण्डमाथि परिवारवाद हाबी भएको भन्दै माओवादीभित्रैबाट पनि प्रश्न उठ्ने गरेको छ । आफू निकटलाई अवसर दिने र कामको मुल्यांकन नभएको गुनासो व्याप्त छ । तर, प्रचण्ड भने कहिले समाजवादी मोर्चा त कहिले माओवादी पृष्ठभूमिका दलहरूको एकताको नारा लगाइरहेका छन् । सत्तायात्री दलका अनेक माग र विपक्षीका चुनौतीले प्रचण्डको सत्तायात्रा सहज छैन ।