Breaking

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध


काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । अहिले ३ वटा राष्ट्रिय राजमार्ग ३ ठाउँमा अवरूद्ध रहेको र विभिन्न स्थानका सहायक सडकहरु ३ दर्जन भन्दा बढी ठाउँमा एकतर्फी सञ्चालन भईरहेको सडक विभागले जनाएको छ ।

विभागका अनुसार तमोर करिडोर पाँचथरको माझिटारस्थित हेवा खोलामा अवरूद्ध रहेको छ । यस्तै, कालीगण्डकी करिडोर सडक म्याग्दीको बैसरीमा गएको पहिरोले अवरुद्ध रहेको छ । गुल्मीको रिडीदेखि प्युठानको हंसपुर जोड्ने सडक सल्यानको अश्विनीमा अवरूद्ध रहेको पनि विभागले जनाएको छ ।देशका पहाडभी भेगका अधिकांश सडकहरु अवरुद्ध हुने र खुलाउने क्रम चलिरहेको पनि विभागले जनाएको छ ।