Breaking

मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी, जनमत पार्टीकी अनिता देवी मन्त्री बन्ने, माओवादीका एक मन्त्री हट्ने


काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लाग्नुभएको हो । जनमत पार्टीले सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २५ सदस्यीय छ । जनमतलाई सहकारमा सहभागी बनाउन वर्तमान मन्त्रिपरिषद्का एक सदस्यलाई हटाउनु पर्ने हुन्छ । माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ । जनमत यसअघि संघीय सरकारमा सहभागी भएको थियो। तर, मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै जनमत चैत १७ गते सरकारबाट फिर्ता भएको थियो ।