Breaking

सरकार नढल्नेमा ढुक्क प्रचण्ड,जसपा गए राप्रपा ल्याउने ,सत्तामा उपेन्द्र विरुद्ध सिके भित्र्याईदै


सरकारको आक्रमक कदममा कांग्रेसकै नेता पिसिन थालेपछि सत्तारुढ गठबन्धनको भविष्यमाथि प्रश्न उठ्न थालेको छ । एमालेको प्रयासका विच कांग्रेसकै नेताहरुले समेत गठबन्धनमाथि प्रश्न उठाउन थालेपछि त्यसलाई अझ वल पुगेको छ भने सुनिल शर्मा पक्राउपछि कोईराला पक्ष अझ चर्को सुनिन थालेको छ । जहाँ आरजु राणाले समेत सरकारको कदमप्रति प्रश्न उठाँउदा त्यति सजिलो छ त वैकल्पिक गठबन्धन निर्माण ? आफ्ना नेता वालकृष्ण खाँणले जेलको हावा खाएपछि कांग्रेस संस्थापन पक्षको एक हिस्साले रिसाउदा डा.शेखर कोईराला पक्ष खुसियाली मै थिए ।

हौसिएका प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले यसलाई सन्तुलनको राजनीतिक अश्त्रका रुपमा प्रयोग गर्दा समाजवादी मोर्चा गठनसम्मको आँट गरे । जसले कांग्रेसमाथि दवाव बढ्दा एमालेले त साझा पिडितका रुपमा नयाँ समिकरणको तयारी नै थालेको थियो । तर सरकारको यो भ्रष्ट्रचार विरोधी कदम भन्दै प्रशंशा गरेका कोईराला पक्षका नेताको अभिव्यक्तिमाथि केन्द्रीय समिति वैठकमै प्रश्न उठेको थियो । जहाँ कोईराला पक्षले मोर्चाको औचित्यमाथि प्रश्न उठाएका थिए । जसले सत्ता गठबन्धनभित्र नयाँ किसिमले घटनाक्रम विकसित हुदै गएको आशंकाका विच कोईरालाकै दाँया हालत सुनिल शर्मा पक्राउ परेपछि भने परिस्थिती अझ गर्माएको हो ।

अर्थात यसैपनि गठबन्धनको विरोधमा रहेको पक्षले फरक गुटका नेता पक्राउ परेको भरमा मात्रै प्रशंशा गरिरहेका वेला त्यहि गुटका नेताहरु समेत पक्राउ पर्न थालेपछि कांग्रेसको दुवै पक्ष झस्किएको छ । शर्माको पक्राउ सुन तस्करीलाई लिएर गृह र अर्थमन्त्रीमाथि उठाएको प्रतिसोधका रुपमा भाष्य निर्माण गरिदाँ कोईराला पक्ष आक्रोशित सुनिन थालेको हो । मौन बसेका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले समेत संसदीय दलको वैठकमै विपक्षी सक्न सरकार लागेको भन्दै देश पाकिस्तानी मोडेलमा गएको बताएका थिईन ।

यता ललिता निवासमा प्रकरणमा माधव नेपाल र वाबुराम भट्टराई तथा गौर घटनाका विषयले उपेन्द्र यादव समेत झस्किदा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि आफ्नो भातृसंगठनलाई राष्ट्रिय खेलकुद परिषदमा नसमेटे गठबन्धनमा रहिरहन आवश्यक नहुनेब बताउएका छन । जहाँ शर्मा पक्राउ पर्ना साथ सभापति शेरबहादुर देउवाको वालुवाटार दौड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वयम देउवा निवास पुग्नुले परिस्थिती अझ गर्माएको आशंका गर्न थालिएको छ ।

यता शर्माले त हिरासत मुक्त हुँदै गर्दा नै प्रचण्डले आफ्नो गुनको पैचो हतकडि लगाएर तिरेको बताएका उनले गठबन्धनबारे सोच्ने वेला आएको बताएका थिए । त्यस्तै माओवादीको यहि रवैयाका विच गठबन्धन कायम राखे पार्टी सकिने उनले चेतावनी दिदाँ डा.शेखर कोईरालले देश अराजतकता तिर गईरहेको बताएका छन ।

तर परिस्थिती भने त्यति विकसित भईसकेको छैन । देउवाले खुट्टामात्रै उचाले आरजु राणा नै काण्डमा समातिने डरकाविच गुमाउन बाँकि नरहेका प्रचण्डले उठाउन सक्ने जोखिमले समेत कांग्रेस मौन छ । त्यस्तै भ्रष्ट्रचार विरोधी काम गरेकै कारण प्रचण्ड एक्लिएको सन्देश जाने अवस्था देखिदाँ कांग्रेस र एमाले विच नै गठबन्धन भए नेतृत्व देखि भागवण्डा समेत अर्को समस्याको रुपमा देखिएको छ ।

त्यस्तै देउवा पक्षकै पूर्णबहादुर खड्का र डा.प्रकाशशरण महतले यो गठबन्धनलाई सफलताका रुपमा हेरिरहेका छन भने शर्मा पक्राउ परेको विषय समेत कांग्रेसको सहमती वेगर भएको विषय नै पत्याउन सकिने आधार छैन । त्यस्तै शर्माको तत्काल भएको रिहाईलाई समेत उनीमाथि कांग्रसकै ईशारामा स्वाद मात्र चखाएको प्रष्ट हुदाँ समाजवादी मोर्चाका नाममा होल्ड भएको शक्ती समेत छिन्नभिन्न भन्दा आफूअघि निरिह हुने विश्वासमा प्रचण्ड देखिन्छन ।

सवैभन्दा महत्वपूर्ण विषय त कम्युनिष्टहरुको धुव्रीकरणकै कारण कांग्रेस पहिलो पार्टी भएको बुझेका देउवा आफुले कित्ता क्लियर गर्नासाथ प्रचण्ड ओली नै नमिल्लान भन्नेमा समेत विश्वस्त छैनन् । यता बढि आत्तिएका जसपा अध्यक्ष उपेन्द्र यादवको विकल्प जनमतलाई सरकारमा ल्याएर पुरा गरेका प्रचण्ड एमाले भन्दा फरक देखिन थालेको रास्वपाको स्वभावले पनि सुखको सास फेरिरहेका छन ।

अर्थात केहि गर्छु भनेकै कारण प्रचण्ड सरकारमा सहभागी भएको रवि लामिछानेले बारम्बार दोहोर्यारहँदा भ्रष्ट्रचार विरोधी काम सुरु भएपनि सत्ता छाडेको आक्षेप समेत खेपिरहेको छ । फलत अहिलेका सहयात्रीले साथ छोडे रास्वपालाई चाहेको मन्त्रालय लिएर भित्र्याउनेसम्मको आशामा प्रचण्ड देखिन्छन । जसले सत्ता नढल्नेमा माओवादी नेताहरुको आत्मविश्वासी देखिदाँ शुसासनका लागि काम गर्दा सरकार छोड्न परेपनि तयार रहेको बताँउदै आएका छन ।

गौर हत्याकाण्ड छानविन गर्ने सहमती पश्चात झस्किएका उपेन्द्र यादवले सत्ता छाड्ने घुर्कि दिदा समेत प्रचण्डले मानेका थिएनन् । कांग्रेस नेताहरु मार्फत त्यो विषयमा जानकारी पाँउदा समेत ‘१२ गए १४ आउँने पं्रचण्डको जवाफले समेत उनी जसपा गए राप्रपा भित्र्याउने रणनितिमा देखिएका छन । जसले उनी झुक्ने भन्दा भिड्ने दाँउमै अघि बढ्ने प्रष्ट हुदाँ यहि स्वार्थले होस या बाध्यताले ढलपल भएपनि यहि गठबन्धन नै चल्ने दावीलाई वल पुगेको छ भने वैकल्पिक समिकरणको चर्चा समेत हतारो हुने तर्क नै वलियो देखिएको हो ।