Breaking

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा थुनामुक्त


काठमाडौँ– काठमाडौ जिल्ला अदालतले रिहागर्ने आदेश दिएसँगै नेपाली कांग्रेसका सांसद सुनिल शर्मा थुनामुक्त भएका छन् । शुक्रबार जिल्लाअदालतले थुनाबाहिरै राखेर अनुसन्धाननअघिबढाउने गरी आदेश दिएपछिशर्मा प्रहरीको केन्द्रीय अनुसन्धानब्यूरो (सीआईबी)को हिरासतबाट रिहाभएको हो । मोरङ क्षेत्र नम्बर ३ बाटनिर्वाचित सांसद शर्मालाई सीआईबीले बिहीबार उनकै निवास गल्फुटारबाट पक्राउ गरेको थियो । शर्मासँगै पक्राउ परेका अन्य७भने थुनामै रहने छन् ।थुनामुक्तभएपछिशर्माले गृहमन्त्रीको राजीनामा मागेका छन् भने आफ्नो गिरफ्तारी प्रधानमन्त्रीकै निर्देशनमा भएको दाबी गरेका छन् । सुन तस्करी प्रकरणमामन्त्रीहरुकै संलग्नता रहेको भन्दै चर्को स्वरमा गृह र अर्थमन्त्रीको राजिनामामागगर्दै आएका सांसद सुनिलशर्मा पक्राउलाई लिएर गठबन्धनको ठूलो दलकांग्रेस रूष्ट देखिन्छ ।