Breaking

सरकार छाड्ने कांग्रेसको संकेत ! प्रचण्ड एक्लिदा प्रधानमन्त्री बन्ने दाउमा देउवा, के गर्लान ओली ?


काठामडौँ — आक्रमक बनेको सरकारको निशानामा पर्न थालेपछि दबावमा परेको कांग्रेस अब के गर्ला भन्ने प्रश्न अहिले चर्चामा छ । आफ्नै नेता पक्राउ पर्दा समेत मौन बसेको आरोप खेपेको उसले चाहे सत्ता समिकरण नै परिर्वतन हुनसक्ने अवस्थामा यो प्रश्नलाई अझ वल पुर्याउदा एमालेले समेत साथ दिने बताँउदै आएको छ । यो परिस्थितीमा के कांग्रेस सत्ता छाड्न तयार हुनेसम्मको अवस्थामा पुग्ला त ? संस्थापन पक्षका बलियो खम्बामध्येका एक पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा समेत गुटकै राजनीतिले एक ठाँउमा नउभिएको कांग्रेस अहिले भने झस्किन थालेको छ ।

आफूले चाहे सत्ता समिकरण नै परिवर्तन हुनसक्ने फाईदामा समेत रहेको उसका लागि गबठन्धनभित्रै समाजवादी मोर्चा, वहालवाला सांसद सुनिल शर्मा कै हिरासत यात्राले अझ दबाव थपेको हो । जसले गुटका नेता पक्राउ परे भन्दै अर्को पक्ष खुसि हुने कुरालाई समेत हिसाव बराबरको अवस्थामा ल्याउदाँ गृहमन्त्रीको राजिनामाको विषय त केन्द्रीय समिति वैठकमै समेत उठेको थियो । यद्यपी कुनैपनि फाईलको लहरो आफूसम्म आईपुग्ने खतरामा रहेका सभापति शेरबहादुर देउवा मौन बस्नुले भने यी तताम प्रस्तावहरु सपनामै सिमित हुदै आएको छ ।

जहाँ यतिमै क्षती न्युनिकरणको रणनितिमा देउवा रहदाँ खाँण पक्राउ परुन्जेल डा.शेखर कोईराला पक्षले यो सरकारकाले भ्रष्ट्रचारविरोधी पहिलो काम भएको बताएको थियो । जहाँ देउवा पक्षकै पनि पुर्णबहादुर खड्का र डा.प्रकाशशरण महत जस्ता व्यक्तिहरु गठबन्धनका विषयमा प्रतिवद्ध रहदाँ पक्राउ परेका पक्षमा वोले भ्रष्ट्रचारीको पृष्ठपोषण गरेको आक्षेप खेप्ने अवस्थामा कांग्रेस थियो । तर सुनिल शर्मा पक्राउ प्रकरणमा एमालेले समेत आपत्ती जनाँउदा सुन तस्करीको छानविनको माग गरेकै कारण उनी पक्राउ परेको भाष्य निर्माण भएको छ । जसले विगत भन्दा आफ्ना नेताको पक्षमा वोल्न केहि सहज परिस्थितीमा कांग्रेस आईपुग्दा संसदीय दलको बैठकमा सांसद सुनिल शर्मा पक्राउ गरेको विषय प्रवेश गरेको छ ।

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरूले सांसद शर्मालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध गरेको भएपनि निर्णय नै भने भएको छैन । जसले कांग्रेस सरकारकले पक्षधरता देखाएको विषयमा केहि कन्भिस भएको संकेत मिल्दा नेता उदयशम्शेर राणाले माधव नेपाललाई विदेश पठाएर कांग्रेसका नेतालाई छानिछानी धरपकड गर्ने ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

यता एमाले भने विगतबाटै कांग्रेसकै कारण नयाँ समिकरणको आधार तय नभएको बताँउदै आएको छ । माओवादी अघि च्याँ गर्न नसक्ने अवस्थामा कांग्रेस पुगेको बताँउदै आएको एमालेले साथका लागि आफू तयार भएपनि परिस्थिती परिपक्व नभएको तर्क गर्ने गरेको थियो । तर कांग्रेस झस्किएको दृश्यले नयाँ विकल्पका लागि वातावरण अलि परिपक्क बन्न थालेको त हैन भन्ने शंका जन्माएको छ भने एमालेमा आशाको विजारोपण भएको छ ।

त्यस्तै माधव नेपाल र उपेन्द्र यादव समेत सरकारको आगामी कदमको शिकार बन्ने अवस्था देखिँदा समाजवादी मोर्चाका नाममा होल्ड भएको शक्ती समेत छिन्नभिन्न हुनसक्ने परिस्थितीको संकेत देखिन थालेको छ । जहाँ सरकार अल्पमतमा रहेपनि एक महिने अवधिमा सोत्तर पार्न सक्ने खतराले केहि खतरा कायम भएपनि कसैका लागि आफ्ना नेताको जेल यात्राको दृश्य हेर्न नसकिनेमै कांग्रेसको ठुलो हिस्सा देखिने सम्भावना बढेको छ ।

जसले नयाँ समिकरणको वातावरण तय हुन सक्ने एमालेको आशामा समेत बारम्बार हुँदै आएको तुषारापात अव नहुने विश्लेषण सुरु भएको हो । तर कांग्रेसकै पुराना नेता तथा पूर्वमन्त्री विनयध्वज चन्द भने त्यो सम्भावना नरहेको बताउँछन । सत्ताका लागि जे सुकै गर्ने प्रबृत्ती बढेको बताउने चन्द आफू प्रधानमन्त्री हुने सुनिश्चतता नभई देउवाले जतिसुकै नेता कार्यकर्ता जेल गएपनि नयाँ कदम नचाल्ने तर्क गर्छन ।

यद्यपी देउवासंग दूरि बढेपछि राष्ट्रपतिको साथ खोज्न शिलतनिवास पुगेका प्रचण्ड पछिल्लो समय गठबन्धनभित्र एक्लिएका मात्र छैनन् कि सत्ता टिकाउने सकसमा देखिन्छन । त्यस्तै देउवा पत्नी आरजु राणाले समेत देश आफूबाहेक अरुलाई सिध्याउने पाकिस्तानी मोडलमा गएको भन्दै रोष प्रकट गर्न थालेकी छन ।

यता सधै दोहोरो रणनितिमा रहने एमालेले दुवै गठबन्धन टुटाउन जसलाई पनि बोक्न सकिने खालको संकेत समेत गरिरहेको छ । यो परिस्थितीमा अध्यक्ष केपी शर्मा ओलीको संकेतमा देउवाले विश्वास गर्ने आधार भेटे अब प्रधानमन्त्री आफ्नै भागमा आउने फाईदालाई उपयोग नगर्लान भन्न सकिँदैन ।