Breaking

सुनिललाई अर्थ र गृहमन्त्रीको प्रतिशोध, एमाले बन्यो ढाल, कसको बलमा भए हिरासतमुक्त ?


काठमाडौँ — सुन तस्करी प्रकरणमा मन्त्रीहरुकै संलग्नता रहेको भन्दै चर्को स्वरमा गृह र अर्थमन्त्रीको राजिनामा माग गर्दै आएका सांसद सुनिल शर्मा पक्राउ परेपछि नेपाली राजनीति तरंगित छ । उनी आफू पक्राउ पर्ने डरले नै सरकारप्रति आगो ओकल्दै आएका थिए कि सिमा नै नाघेर प्रतिसोधका लागि पक्राउ परे भन्ने प्रश्न समेत यसले उब्जाएको छ । जहाँ उनको पार्टी कांग्रेस चुप नै बस्दा एमालेलेको मनमा पलाएको मायाको अर्को गज्जबको दृश्य समेत देखिएको छ । आफ्नै पार्टीको हालिमुहाली चलिरहेका वेला नेपाली काग्रेसका वहालवाला सांसद सुनिल शर्मा पक्राउ परेपछि यसको विभिन्न कोणबाट चर्चा सुरु भएको छ ।

प्रविणता प्रमाणपत्र तहको प्रमाणपत्र नक्कली भएको आरोपमा उनी पक्राउ परेपनि यसलाई राजनीतिक अर्थ दिनेहरु बढेका छन भने उनी पक्राउ परेको समय र सन्दर्भले समेत यसलाई बल पुगेको छ । यद्यपी मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित उनको नाम यसअघि नक्कली डाक्टरविरुद्ध सिआईवीले चलाएको अपरेसन क्वाक मै समेत परेको थियो । तर त्यतिवेला राजनीतिक पहुँचका भरमा उन्मुक्ति पाएको आक्षेप खेप्दै आएका उनी जापान फरार भएका थिए ।

त्यस्तै यो वाहेक पनि उनको छवी विवाद रहित छैन । उनीमाथि नोवेल मेडिकलको स्वामित्व हत्याउन सन्चालक अपहरण गरेकोदेखि, क्षमताभन्दा वढि विद्यार्थी भर्ना लिएको तथा तोकेभन्दा वढि शुल्क उठाएको आरोप समेत लागेको थियो । एकथरिले उनीमाथि मेडिकल माफियाकै ट्याग लगाँउदा उनी विगतमा आफ्ना फाईदाका लागि माओवादीकै नेताहरुसंग समेत निकट थिए ।

तर सँधै शक्ति केन्द्रको निगाहमा आफ्ना आरोपबाट बच्दै आएका उनी आफ्नै सरकार मुख्य साझेदारका रुपमा र माओवादी नेतृत्वमै रहेका वेला पक्राउ पर्नुलाई भने उनले गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा मागेको विषयसंग जोडेर हेरिएको छ । एमालेले संसद अवरोध गरिरहेका वेला औचित्यमाथि प्रश्न उठ्दा सत्तारुढ गठबन्धनकै सांसद समेत यहि एजेण्डामा रहेको उदारहण बनेको उनको पछिल्ला गतिविधि समेत अस्वभाविक थिए ।

यहिविचमा उनी पक्राउ पर्नुले यसैको पुर्व संकेत पाएर त उनी जनताको मन जित्न आफ्नै सरकारविरुद्ध खरो उत्रिरहेका थिएनन् ? भन्ने प्रश्न समेत खडा गरेको छ । जहाँ आफ्नै गुटका नेताहरुसमेत माफिया बोकेको आक्षेप लाग्ने भन्दै प्रतिक्रिया दिन डराईरहेका वेला प्रतिपक्षी दल एमालेले नै उनको पक्राउमाथि आपत्ती जनाउनुले समेत उनको पक्राउमा राजनीतिक कारण नै मुख्य आधार भएको प्रष्ट हुन थालेको छ ।

हुन त उनी यो सरकारमा मन्त्री बन्न चहन्थे । तर आफ्नो गुटका नेता तथा गडफादर जस्तै देखिएका शेखर कोईरालले नै उनको नाम सिफारिस गरिदिएनन् । त्यहिँबाट आक्रोशित उनी सुन प्रकरणलाई राम्रो मसलाका रुपमा प्रयोग गर्ने दाउमा देखिन्थे । जसको निशानामा गृह र अर्थमन्त्री परेपछि डा.प्रकाशशरण महतले नै सभापति देउवालाई शर्मालाई साईजमा ल्याउनुपर्ने बताईरहेका थिए ।

जहाँ उनको विवादित विगत र भ्रष्टा«चार एवम् अनियमितता गर्नेलाई पक्राउ गर्दा विरोध गरे आफै त्यसको शिकार बन्ने अवस्थामा कांग्रेस रहेपछि गृहमन्त्रीले पनि यसमा अग्रसरता लिएका थिए । शर्माको शैक्षिण प्रमाणपत्र कीर्ते भएको कसुरमा अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको भनेर सीआईबीले बताईरहँदा वोर्डको पत्र नै एक बर्ष पुरानो हुनुले समेत उनी पक्राउ पर्नु राजनीतिक कारण भएको अझ प्रष्ट देखिन्छ ।

त्यस्तै शर्मा पक्राउ परेपछि देउवा वालुवाटार पुगेको प्रसंगले समेत यो फायलहरुको नियमित प्रक्रियाभन्दा तत्कालिन राजनीतिक कारण भएको दावीलाई वल पुगेको छ । यो प्रकरणमा कांग्रेस अलि संयमित हुने प्रयत्न गरिरहेको छ । हुन त शर्मा पक्राउले कांग्रेसका लागि सुनिल शर्मा कि सरकार भन्ने परिस्थिती सिर्जना हुदाँ देउवाकै ईशारा विना उनी पक्राउ परे भन्नेमा विश्वास गर्ने ठाँउ समेत छैन ।

कांग्रेसकै काखमा बसेर सत्ता चलाईरहेका प्रचण्डमा समेत त्यति आँट हुनेमा आशंका रहँदा वालकृष्ण खाँण नै प्रहरी खोरमा पुगेको तथा विजयकुमार गच्छदारलाई पक्राउ पुर्जी जारी भएको जस्तो अवस्थामा समेत मौन बसेको कांग्रेसका लागि पैसाको भरमा राजनीति गरिरहेका शर्मा त्यति प्राथमिकताको व्यक्ति समेत हैनन् ।

तर यसले नयाँ समिकरणको आशाको दियो वालेर बसेको एमालेलाई केहि उत्साह दिँदा पछिल्ला औचित्यहिन कदमलाई पुष्टि गर्ने आधार समेत बनेको छ । तर आफ्ना लागि केही बोलिदिए कृतज्ञ हुन सक्ने शर्माले पनि आफू राजनीतिक प्रयोगको भाँडो बन्दै छु भन्ने बुझ्न जरुरी छ ।