देश

डा. सुनिल शर्मालाई प्रतिशोधको भावनाले पक्राउ गरीयोः कांग्रेस सांसद घिमिरे


काठमाडौँ– नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले पार्टीका सांसद डा. सुनिल शर्मालाई प्रतिशोधको भावनाले पक्राउ गरिएको बताउनुभएको छ । शुक्रबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद घिमिरेले यस्तो बताउनुभएको हो ।

उहाँले सुन तस्करी प्रकरणमा मन्त्रीहरुको राजीनामा मागेको प्रतिशोधमा डा. शर्मालाई पक्राउ गरिएको र यसबारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिनुपर्ने बताउनुभयो ।

सांसद घिमिरेले संसद चलिरहेको बेलामा सांसदलाई पक्राउ गर्न नमिल्ने भन्दै अनुसन्धानका लागि बयान लिने बाटो रोज्न सक्नेमा त्यसो नगरी गिरफ्तार गर्नुले प्रतिशोध साँधेको स्पष्ट हुने बताउनुभयो । सांसद घिमिरेले सांसदलाई संसद चलिरहेको बेलामा पक्राउ गर्नु गैरसंसदीय अभ्यास भएको बताउनुभयो ।