Breaking

भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता छ: डा. बाबुराम भट्टराई


काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताउनुभएको छ ।

उहाँले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताउनुभयो । शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले भ्रष्टाचार निर्मूल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने जनाउँदै संरचनागत ढङ्गले जानुपर्ने बताउनुभयो ।

उहाँले देशको प्रमुख कार्यकारी प्रधानमन्त्री माथि नै प्रश्न उठेको अवस्थामा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नु आवश्यक रहेको बताउनुभयो । संसदमा प्रमुख विपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको उहाँको भनाइ छ ।