देश

कांग्रेसको बैठकमा सुन प्रकरणको छानबिनको अधिकार संसदीय समितिलाई दिने विकल्प पेश


काठमाडौँ– नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सुन प्रकरणको छानबिनको अधिकार संसदीय समितिलाई दिने विकल्प पेश भएको छ । यद्यपि राज्यका संयन्त्रले गरिरहेका अनुसन्धानलाई प्रभावित पार्ने गरी आयोग वा समिति बन्न नसक्नेमा अधिकांश नेताहरु एकमत देखिएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणको छानबिनका उच्चस्तरीय आयोग गठनको माग गर्दै संसद अवरुद्ध गरिरहेका बेला बेला कांग्रेस संसदीय दलमा विकल्प पेश भएको हो ।