देश

कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखियो: मन्त्री भुसाल


काठमाडौँ– कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताउनुभएको छ । आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कृषिमन्त्री भुसालले अहिलेसम्म कृषि नीति नभएकाले सरकारले कृषि क्षेत्रका नीतिगत रुपमा देखिएको समस्याहरुलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको बताउनु भयो । मन्त्री भुसालले तराई मधेसमा केही समय यता देखिएको सुख्खाको कारणले मारमा परेका किसानहरुलाई बाढीले पु¥याएको क्षतीले थप समस्या बनाएको बताउनु भयो । मन्त्री भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटीका अध्यक्ष र गौर हत्या काण्डमा पीडितहरुसँग प्रधानमन्त्रीले गरेको सहमतिले गठबन्धनमा समस्या नआउने बताउनु भयो ।