Breaking

पक्राउ परेका सांसद डा. सुनील शर्मालाई सीआईबी ल्याइँदै


काठमाडौँ — बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीद्वारा पक्राउ परेका कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य सुनील शर्मामाथि फर्जी कागजात बनाएको अभियोग लागेको छ । उनले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाइएको प्रहरी प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए ।

‘उहाँले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको देखियो’, कडायतले संक्षिप्त प्रतिक्रिया दिँदै भने । सोही प्रकरणमा अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको उनले बताए । शर्मालाई पक्राउ पछि अहिले सीआईबीमा ल्याइँदैछ । ब्युरोले मेडिकल क्षेत्रसँग सम्बन्धित कीर्ते कागजात बनाएकोबारे उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।