Breaking

एक्लिएको एमाले किनप्रचण्डलाई पर्दै छ भारी ? देउवा के चाहन्छन् ?


काठमाडौँ — कुनै हालतमापछिनहट्ने सत्तारुढ र प्रमुखप्रतिपक्षीएमालेको ढिपीलेसाउन १० गतेदेखि संसद बन्धकबन्दै आएको छ । एमालेको अवरोधका कारणसंसदमाउठाउनुपर्ने जनताका अनेक मुद्दाहरुओझेलमापरिरहेका छन् । यसबीचमा३ वटा वैठक सूचनाटाँस गरेर स्थगितहुँदा ३ वटा वैठक भने एमाले सांसदकै अवरोधका कारण स्थगितहुनपुगेको छ । बुधबारको वैठकमापनिएमालेका सांसद सूर्य थापाले बोल्ने समय पाएपछिसत्तारुढ सांसद पनिउठेर विरोध जनाएभने एमालेका सांसदले सभामुखको आसनअगाडिपुगेर नाराबाजी गरेपछि बैठक पर्सीसम्मकालागि स्थगितभयो ।

बुधबार पनिप्रमुखप्रतिपक्षीदल नेकपाएमालेले संसद अवरोध गर्यो, यो उनीहरुको पूर्वनिर्धारित योजना नै थियो भन्ने सबैलाई जगजायर छ ।मंगलबार जस्तै उनीहरु संसद भवनप्रवेश गर्छन्, उठेर विरोध जनाएपछि बैठक स्थिगित हुन्छभन्ने सबैलाई थाहाभएकै विषयथियो । किनभने एमालेले भन्दै आएको सुन तस्करी प्रकरणको अनुसन्धानमाउच्चस्तरीय छानविन समितिबनाउनसरकार अझै तयार छैन । तर, बुधबार भने प्रतिनिधिसभा वैठकमा फरक दृश्य देखियो ।

झन्डै ११मिनेट बसेको बैठकमाप्रमुखप्रतिपक्षीदलएमालेले संसद्माछानबिन समितिको मागगर्दै नाराबाजी र अवरोध थालेपछि सत्तापक्षका सांसदहरूपनिप्रतिपक्षीदलको विरोध गर्दै सभामाउठे । एमाले सांसद सूर्यबहादुर थापालाई सभामुख देवराजघिमिरेले बोल्न समय दिएपछिकांग्रेस सांसद रामहरि खतिवडाले उठेर आफूलाई पनिबोल्न समय दिनमाग गरे ।

यसअघिप्रतिपक्षीदलका सांसदले मात्रै उठेर विरोध जनाएकोमाबुधबार भने सत्तापक्षकै सांसदले होहल्लागर्दै आफूहरुलाई बोल्न दिनमाग गरेका हुन् । सत्तापक्षका सांसदहरुकै मागअनुसार सभामुखघिमिरेले एमाले सांसद थापालाई थोरै समय मात्रैबोल्ने मौका दिएपछिएमालेका सांसदहरु सभामुखको आसनअगाडिपुगेर नाराबाजीगर्न थाले ।

एमालेका सांसदहरु सभामुखको आसनअगाडिपुगेर नाराबाजीगरिरहँदा राष्ट्रिय स्वतन्त्रपार्टी, राष्ट्रियप्रजातन्त्रपार्टीलगायत सानादलका सांसद भने मुकदर्शक मात्रै बनिरहे, बैठकभित्रकुनै प्रतिक्रियाजनाएनन् । बैठक बस्नु पूर्व कार्यव्यवस्था परामर्श समितिको छलफलमाएमाले सांसद थापालाई बोल्न दिने कुरा नभएको तर सभामुखले बोल्न समय दिएको भन्दै कांग्रेस र माओवादी केन्द्रका सांसदहरुअसन्तुष्ट देखिएकाहुन् ।

सत्तारुढ सांसदको अवरोकै बाबजुतएमाले सांसद सूर्यबहादुर थापालेगृहमन्त्री नारायणकाजीश्रेष्ठले छानबिन समितिगठनगर्ने नभनेको र त्यो कुराले आफूहरुको चित्तनबुझेको बताए । एक क्वीन्टल सुन प्रकरणलाई लिएर १० गतेदेखि एमालेले संसद अवरोध गर्दै आएको हो । यसबीचमा संसद सुचारु गराउन सभामुखघिमिरेले प्रमुखदलकाशीर्ष नेताहरुलाई पटक–पटकछलफलपनि गराए ।

तर, एमाले पछिहट्दै नहट्ने, सत्तारुढगल्दै नगल्ने रणनीतिमाअघिनबढ्दा त्यसको प्रभाव संसदमा पर्न गएको हो । एमालेले प्रतिनिधिसभा वैठकमामात्रै होइन, राष्ट्रियसभा वैठकमापनिअवरोध गरिरहेको छ । बुधबारको राष्ट्रियसभा वैठकमासांसदहरुले समसामयीकविषयमाबोलेर भ्याएपछि राष्ट्रियसभाअध्यक्षगणेश तिमल्सिनाले वैठकलाई नियमितकार्यसूचीमा लैजाँदै थिए । तर, एमाले सांसद विमलाकुमारी घिमिरेले सुन तस्करी अनुसन्धानकालागिउच्चस्तरीय छानबिनगर्न सरकार तयार नभएसम्म संसद चल्ननदिने अड्डीलिएपछि बैठक पर्सी २६ गतेसम्मकालागि स्थगितहुनपुग्यो ।

प्रतिपक्षीएमालेले संसद अवरोध गरेर बार्गेनिङको राजनीतिगरिरहेको माओवादी केन्द्र र कांग्रेस सांसदको आरोप छ । गतअसार ३१ गते प्रतिनिधिसभा वैठक यताएमालेका कारणसंसद वैठकहरु अवरुद्धहुँदै आएकाछन् । यो बीचमा ३ बैठक सूचनाटाँस गरेर स्थगितभएभने ३ बैठक अवरुद्धनै भएकाछन् ।

साउन १०, २३ र २४ गतेका बैठक अवरुद्धहुँदा साउन १५, १६ र २२ गते सूचनाटाँस गरेर वैठक स्थगितगरिएको छ । मंगलबारको बैठकमा गृहमन्त्रीश्रेष्ठले संसद्मादिएको जवाफप्रतिपनिएमालेले चित्तनबुझाउँदा संसदको गतिरोध अझै बढ्ने छनक देदिन्छ । यसले संसदमाउठाउनुपर्ने जनताकाअनेक मुद्दाहरु ओझेलमा परिरहेका छन् ।