Breaking

ओली र गृहमन्त्रीविरुद्ध रवि, संसद भवन बाहिर नाटक, जंगिए सन्तोष र सुमना


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसद भवन बाहिरा संसदको अभ्यास सञ्चालन गरेका छन । सदनको चौथो प्रतिपक्ष कित्तामा रहेका रास्वपा सांसदहरुले पटक पटक सदन अवरोधको विरोध गर्दै संसद भवन बाहिरै संसदको अभ्यास गरेको हो । साउन १० गते यता प्रतिनिधिसभा वैठक निरन्तर अवरोध र स्थगित हुँदै आएको छ । सुन प्रकरणमा संसदीय उच्चस्तरीय समिति गठनमा अल्झिएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधले बुधवार पनि प्रतिनिधिसभा वैठक विषय प्रवेश नै नगरी स्थगित भयो । १५ दिन देखि दलहरुको स्वार्थका कारण बन्धक बनेको संसद आठौ पटक स्थगित भएपछि सदनको चौथो शक्ति रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसद भवन बाहिरा नै संसदको अभ्यास गरेको छ ।

रास्वपा सांसदहरुले संसदभित्र राख्नु पर्ने आफ्ना विषयहरु संसद भवन बाहिर आएर प्रस्तुत गरेका छन । रास्वपा सभापति समेत रहेका सांसद रवि लामिछानेले सदन बाहिर नै सभामुखलाई सम्बोधन गर्दै सुन प्रकरणमा ठूला व्यक्तिहरुको संलग्नता भएको दावी गरेका छन । गृहमन्त्रीको मंगलवारको सम्बोधन लक्षित गर्दै गृहमन्त्रीले सिआइबीलाई ३५ दिन कुरौं भनेर समय मागेकोमा हेर्न सकिने उनले बताएका छन । तथापी सिआइबीको छानबिनमा पनि पूर्ण विश्वस्त हुने ठाउँ नरहेको तर्क उनको छ । सभापति लामिछानेसँगै रास्वपाका अन्य सांसदले पनि सदन बाहिर आफ्नो धारणा प्रस्तुत गरेका छन । रास्वपा सांसद सुमना श्रेष्ठले विभिन्न समसमायिक विषयमा सरकार र सरकारका मन्त्रीहरुको ध्यानकर्षण गराईन् ।

पटक पटक सदन अवरोध हुँदा लामो संघर्षबाट प्राप्त व्यवस्थामा दलहरुले लामो समयदेखि प्रहार गर्दै आइरहेको रास्वपाको टिप्पणी छ । रास्वपाका प्रमख सचेतक सन्तोष परियारले संधै राजनीतिमा रजाइ गर्दै आएका पार्टीहरुको कारणले संसद चल्न नसकेको आरोप लगाए । ठुला दलहरुले व्यवस्था माथी नै प्रहार गरिरहेको रास्वपाको बुझाई छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै इशारामा प्रतिपक्ष कित्तामा बसेको रास्वपा अहिले प्रतिपक्षसँग पनि विच्किएको छ । न त सत्तापक्ष र न त प्रतिपक्ष दुवैसँग रास्वपाको सम्बन्ध सहज छैन । सदनको चौथो शक्ति भएर पनि शीर्षको नजरमा रास्वपा गिन्तीमै पर्दैन । अन्ततः सदनभित्र आफ्नो उल्लेख्य उपस्थिति जनाउन असफल रास्वपा संसद बाहिराबाट भए पनि सदन सञ्चालनलाई लिएर सत्तापक्ष र प्रतिपक्षलाई दवाव दिन यो बाटो रोजेका हुन ।