Breaking

एक्लिए ओली, पार्टीभित्रै विकल्पको खोजी, अरु दलले पत्याएनन्, सुनमा होला एमालेको जीत ?


काठमाडौँ — संसदको दोस्रो ठुलो दल नेकपा एमाले सदनमा प्रमुख प्रतिपक्ष छ । संसदीय अभ्यासमा प्रमुख प्रतिपक्ष सत्ताको विकल्प मात्र होइन सरकारको हरेक काम कारवाहीको विश्लेषण र निगरानी सहित खबरदारी मुख्य दायित्व हो । तर नेकपा एमालेको चरित्र भने बडो अचम्मको छ । एकातिर सत्तारुढ दल सरह भागवण्डा हत्याई रहेको छ भने अर्कोतिर सदन अवरोध र विरोधकै नाममा विरोध गरिरहेका छन ।

भागवण्डा र मिलेसम्म सत्ता समिकरण फेर्दै प्रचण्ड सरकार नै परिवर्तनसम्मको परिकल्पना गरिरहेको एमाले र अध्यक्ष ओलीको दोहोरो चरित्रको चर्चा चासोपूर्ण छ । नीति निर्माण गर्ने जनताको सार्वभौम संसद प्रमुख प्रतिपक्ष नेकपा एमालेका कारण बन्धक प्राय छ । संसद वैठक अह्वान त हुन्छ तर कि वैठक बस्नु केहि घण्टा अगाडि मात्र स्थगित भएको सुचना जारी हुन्छ कि त सदन सुरु हुन साथ विषय प्रवेश नै नभई अवरोध हुन्छ । बुधवार समेत गरेर १५ दिनको अवधिमा ६ पटक सदन चल्न सकेन ।

अध्यक्ष ओली सत्तारुढ दलका शीर्ष नेतासँग सौदावाजीमा सक्रिय हुने र सांसदहरु सदनमा दन्तबजान गर्ने नीति लिएपछि एमालेको चित्त बुझे सदन चल्न दिने नबुझे अवरोध गर्ने प्रवृत्ति स्थापित हुँदै छ । एमालेले पाए सहमति नपाए आपत्ति जनाउने थिति बसाल्न खोजिरहेको छ । सदन अवरोध र शीर्ष नेता सौदावाजीमा अल्झिँदा राष्ट्रिय राजनीति अल्झिएको छ । सुन प्रकरणलाई पक्रेरै एमाले जसरी पनि सत्ता गठबन्धन र प्रचण्डलाई गलाउने हठमा छ । सुन प्रकरणमा संसदीय समिति गठन गन माग गर्दै आएको एमाले कुनै पनि हालतमा सरकारसँग नझुक्ने नटेर्ने अवस्थामा छ ।

सदनमा प्रमुख प्रतिपक्षको सुविधा लिने अनि सत्तारुढ दल सरह सरकारसँग भागवण्डा पनि हत्याई रहेका छन । पछिल्लो उदाहरण संसदीय समितिमा ओलीले तीनवटा समिति आफ्नो भागमा पारेका छन । संवैधानिक नियुक्तीमा अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच प्याकेजमा नै सहमति भएको आशंका कायम छ ।

पछिल्लो उदाहरण संवैधानिक परिषदमा प्रधानन्यायधिश नियुक्तीमा भाग खोजेकै कारण अन्य संवैधानिक पदमा भाग खोज्दै अड्को थाप्दै आएको छ । राष्ट्रिय राजनीतिमा आफैले बनाएको राजनीतिक समिकरण जोगाउन नसकेको झोकमा रहेको ओलीलाई अहिले आफ्नै कित्तामा रहेको प्रतिपक्ष दलहरुको समेत प्रहार सुरु भईसकेको छ । ओलीकै इशारामा चल्ने रास्वपा राप्रपा अहिले ओली माथी नै खनिन थालेका छन ।

ओली संसद र सरकारका लागि अप्ठ्यारो बनेकै छन् । महत्वकांक्षी र चलायमान ओली मिसन ८४ को नारा दिने तर मिलेसम्म सत्ता समिकरण फेरबदल सहित सत्तामा फर्किने रणनीतिमा छन् । नेपाली कम्युनिष्ट शक्तिको नेतृत्वको लोभले माधव नेपालको पार्टीलाई सक्काएरै एमाले थप शक्तिशाली बनाउँदै आफ्नो पुरानो विरासत व्यूत्याउन ओलि सक्रिय देखिन्छन् ।

एमालेभित्र ओलीको विकल्पको खोजी चर्चा चलेपनि नेताहरु विकल्पको कुरा गरिहाल्न डराउँछन् । संसदीय अभ्यासमा प्रमुख प्रतिपक्ष सत्ताको विकल्प मात्र होइन सरकारको हरेक काम कारवाहीको विश्लेषण र निगरानी सहित खबरदारी मुख्य दायित्व हो । तर एमालेले आफ्नो राजनीतिक दायित्व भन्दा दलिय दाउ केन्द्रमा राखेका छन ।