Breaking

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


काठमाडौँ – सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सभामुखको सचिवालयका अनुसार बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था बैठक बस्नेछ । उक्त बैठकमा संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल हुने जनाइएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते यता प्रतिनिधि सभाको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन ।

संसदमा निरन्तर अवरोध हुँदा जनताको आवाज व्यक्त हुन नपाएको भन्दै सभामुखले सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षण गर्दै आएका छन् ।