Breaking

प्रचण्डलाई अमेरिकाभन्दा चीन प्यारो, कम्युनिष्ट एकताको खोजीमा चीन


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्दै छन् । छिमेकी मुलुक चिन र मित्रराष्ट्र अमेरिका भ्रमणको मिति जुधेपछि द्धविधामा रहेका प्रधानमन्त्री प्रचण्ड चिन जान लागेका हुन् । सरकारको नेतृत्व गरेयता एकपछि अर्को कुटनीतिक भ्रमणमा सक्रिय प्रधानमन्त्री प्रचण्डको चीन यात्रबारे चासो सुरु भएको छ ।

प्रधानमन्त्रीमा नियुक्त हुनासाथ आफ्नो विदेश यात्रा छिमेकी मुलुक भारतबाट नै हुने उद्घोष गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झन्डै ६ महिना कुरेर भारत भ्रमण गरेर फर्किए । भारत भ्रमण लगत्तै छिमेकी मुलुक चीन जाने भनिए पनि त्यता नलागी प्रधानमन्त्री प्रचण्ड युरोप भ्रमणमा निस्किए । साउन पहिलो साता युरोप भ्रमण सक्काएर स्वदेश फर्र्किएका उनी अब भने चीन भ्रमणको तयारीमा जुटेका छन् । उनी सेप्टेम्बर तेस्रो साता अर्थात असोजको पहिलो हप्ता चीनको भ्रमणमा जाने तयारी भईरहेको परराष्ट्र मन्त्रालयलयले जनाएको छ ।

कार्यकाल सम्हाल्ने वित्तिकै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मार्चमा नै बोआओ सम्मेलनमा सहभागी हुने औपचारिक निम्तो पाएका थिए । तर, पहिलो विदेश यात्रा छिमेकी मुलुक भारतबाट गर्ने बटमलाइन बनाएका उनले चीन भ्रमण रद्ध गरेर बस्दासमेत भारतले छिट्टै निम्तो पठाएन । अहिले भने अमेरिकाको न्युयोर्कमा हुने राष्ट्रसंघीय महासभामा सम्बोधनका लागि निम्तो पाएको प्रधानमन्त्री प्रचण्डले चिनलाई प्राथमिकतामा राखेका हुन् ।

सेप्टेम्बर १८ र १९ मा हुने राष्ट्रसंघको एसडीजी समिट तालिका अनुसार २१,२२ र २३ सेप्टेम्बर अर्थात असोज ४ ५ र ६ गते सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यतालिका छ । राष्ट्रसंघीय महासभामा सरकार प्रमुखहरुले सम्बोधन गर्ने मध्येको एक दिन असोज ६ गते रहेको छ । यहि दिन चीनमा एसियाली गेम्सको उद्घाटन हुने कार्यक्रम छ । जसका लागि प्रधानमन्त्री प्रचण्ड चीन जान लागेका हुन् । तर एसडिजी समिटबारे परराष्ट्र मन्त्रालयले कुनै जानकारी दिएको छैन ।

अर्थात प्रधानमन्त्री प्रचण्ड चीन वा न्युयोर्कमध्ये एकातिर जाने विकल्प भने कायमै छ । तयारी हेर्दा चीन रोजेको अनुमान लागउन सकिन्छ । प्रतिपक्षको घेराबन्दीमा रहेको प्रचण्ड सरकार विदेश मामिला सञ्चालनलाई लिएर समेत प्रतिपक्षको आँखाको तारो बनिरहेको छ । परराष्ट्र मामिला सञ्चालनमा प्रधानमन्त्री प्रचण्ड निरन्तर आलोचित बनिरहेका छन् ।

राष्ट्रहित केन्द्रमा राखेर सन्तुलित र स्वतन्त्र विदेशी नीति सहित दुुई छिमेकी र मित्रराष्ट्रसँगको कुटनीतिक सम्बन्ध नेपालको निर्विकल्प सर्त हो । बदलिँदो भूराजनीतिक जटिलता र शक्तिराष्ट्रको सक्रियता आफैमा अर्थपूर्ण हुन्छ । सामाजिक र आर्थिक रुपान्तरणको ख्याल गर्दै कुटनीतिक सम्बन्ध थप प्रभावकारी बनाउनुको विकल्प छैन ।

चिन भ्रमणको पूर्व सन्ध्यामा चीनसँग भएको अधिकांश विकास परियोजनाका सम्झौताहरु अलपत्र छन । औपचारिकता केन्द्रित यस्ता महत्वपूर्ण कुटनीतिक भ्रमण अर्थपूण बनाउनतर्फ सरकार गम्भीर बन्नुपर्छ ।