Breaking

गृहमन्त्रीको जवाफपछि एमालेद्वारा संसद् बैठक अवरुद्ध


काठमाडौँ —गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभामा जवाफ दिएपनि प्रमुख प्रतिपक्षी दल एमालेले बैठक अवरुद्ध गरेको छ । क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले संसद बैठकमा अवरोध गरेको हो । गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको जवाफ चित्त नबुझेको भन्दै एमालेले सदन अवरुद्ध गरेको हो ।

गृहमन्त्री श्रेष्ठले बोलेलगत्तै एमालेका संसदीय दलका सचेतक महेश वर्तौलाले सरकारले छानबिन समिति बनाउन अस्विकार गरेको भन्दै आफूहरूको विरोध जारी रहने बताए । उनले माओवादी केन्द्रीय समिति बैठकका लागि संसद रोकेर एमालेले सदन चल्न नदिएको आरोप लगाएको भन्दै गृहमन्त्रीको आलोचना गरे । त्यसपछि एमाले सांसदहरुले उठेर नाराबाजी गरेपछि बैठक अघि बढ्न सकेन ।