Breaking

सरकारले दिएको विभूषण लिलामीमा नराख्न महावीर पुनलाई गृहमन्त्रालयको आग्रह


काठमाडौँ– गृहमन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई सरकारले दिएको विभूषण लिलामीमा नराख्न आग्रह गरेको छ । मन्त्रालयले पुनलाई एक पत्रपठाएर नेपाल सरकारले दिएको मानपदवीउज्जवलकीर्तियम राष्ट्रदीपद्वितीयश्रेणीन्यूनतममूल्यसमेत उल्लेख गरेर बिक्रीका लागि लिलामीमा राखिएको विषय सामाजिक सञ्जालमा सार्वजनिकभएकोले त्यसो नगर्न आग्रह गरेको हो ।

कुनै नेपाली र विदेशीलाई दिएको मानपदवी र विभूषण कसैलाई बिक्री गरेमा, बन्धकी राखेमावा मर्यादाविपरीत हुने गरी प्रयोग गरेमा सरकारले विभूषण रद्द गर्ने पनिमन्त्रालयले पत्रमार्फत स्मरण गराएको छ । यसरी विभूषण नै रद्द भएपछिपाउने व्यक्तिको नाम समेत रद्द गरेर सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन हुने भन्त्रालयले पठाएको पत्रमा भनिएको छ ।