Breaking

निजि विद्यालयका सञ्चालकहरु आन्दोलनमा


काठमाडौँ– सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन गर्ने भए पछि निजि विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्यालय शिक्षा विधेयक अबैधानिक भन्दै निजि विद्यालयका सञ्चालकहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । सरकारले प्रस्ताव गरेको विधेयकमा विद्यालयहरुलाई शैक्षिक गुठीमा लैजाने बारे एकतर्फि निर्णय गरेको, विद्यालयका सञ्चालकहरुलाई प्रोत्साहन हुने गरि ऐन संसोधन नगरी हठात विधेयक दर्ता गरेको आरोप उनीहरुले लगाएका छन् ।

निजि विद्यालयका सञ्चालकहरुले घोषणा गरेको आन्दोलनको कार्यक्रममा साउन २४ गते बुधबार पालिका, शिक्षा विकास तथा समन्वय एकाई, प्रदेश मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । साउन २७ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द र भदौ १ गते अनिश्चित विद्यालय बन्द गर्ने जस्ता कार्यक्रम रहेका छन् । प्याव्सनका अध्यक्ष डीके ढुङ्गानाले सरकारले सरोकारवालासंग छलफल नै नगरि विधेयक ल्याएका कारण आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो । नेसनल प्याब्सन केन्द्रिय कार्यसमितिका अध्यक्ष पाण्डव हमालले शिक्षा विधेयक सबैलाई समेट्ने गरि आउनुपर्ने बताउनुभयो ।