Breaking

संसद् खुलाउन निरन्तर प्रयास, बालुवाटारमा तीन दलको बैठक जारी


काठमाडौँ – अवरूद्ध संसद् बैठक सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर प्रयास गरिरहेका छन् ।

यस क्रममा अहिले पनि प्रधानमन्त्री निवास बालुवाटार तीन दलको बैठक बसिरहेको छ ।

जारी बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतक सहभागी छन् ।

सुनकाण्ड अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले हरेक प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेको छ ।