काठमाडौँ – भारी वर्षासँगै बागमती नदीमा भीषण बाढी आउँदा रौतहट र सर्लाहीमा जोखिम बढेको छ ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान ६ बजे सूचना जारी गरी बागमती नदी नजिकका रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित स्थानमा रहन सुझाव दिएको छ ।
विभागले जारी गरेको सूचनामा भनिएको छ : हाल बागमतीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदीतटीय क्षेत्रमा हुनेहरूले आज बेलुकासम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहोलारजानुहोला ।
प्रतिक्रिया