Breaking

कैलालीको गोदावरीमा बाढीमा फसेका ६ जनाको उद्धार


काठमाडौँ – कैलालीको गोदावरी नदीमा फसेका ६ जनालाई सुरक्षाकर्मीहरूले उद्धार गरेका छन् ।

अविरल वर्षापछि सोमबार राति गोदावरी नदीमा आएको बाढीमा फसेका ५ पुरुष र एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

राति करिब साढे १० बजे बाढीमा फसेको खबर आएपछि उनीहरूलाई उद्धार गरेर ११ बजेतिर सुरक्षित स्थानमा पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
उद्धार कार्यमा नेपाली प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय खटिएका थियो ।